
गार्डेन एफसी, संगम क्लब, आयोजक सेतो र एलजी ‘अमन स्मृति कप’ को अन्तिम चारमा
भ्याली स्पोर्ट्स क्लब रामबजारको आयोजनामा जारी तेस्रो ‘अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता’ को अन्तिम चारमा गार्डेन एफसी, संगम क्लब आयोजक सेतो र एलजी एशोसियसन प्रवेश गरेको छ ।

पोखरा महानगरपालिका –१५ कोलपाटनको रेम्बो एकेडेमी होम्सको खेल मैदानमा आज (शुक्रबार) भएको क्वाटरफाईनलका खेलबाट जित निकाल्दै सेमीफाईनलमा प्रवेश गरेको हो ।
पहिलो क्वाटरफाईनलको खेलमा गार्डेन एफसीले बुद्धटोल युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै गार्डेन अन्तिम चारमा प्रवेश गर्याे । गार्डेनको जितका लागि म्यान अफ दि म्याच बनेका मुकेश श्रेष्ठले १८ औं मिनेटमा निर्णायक गोलको योगदान दिए । बुद्धटोलले खेल अवधिभर पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा क्वाटरफाईनलबाटै बाहिरियो ।
दोस्रो खेलमा सँगम क्लबले आयोजक पहेँलोलाई २–० गोल अन्तरले हराउदै सेमिफाईनलको यात्रा तय गर्याे । सँगमको जितमा सुमित श्रेष्ठले २८ औं मिनेटमा र टंक प्रसाद गुरुङले ३८ औं मिनेटमा समान १÷१ गोल गरे । उक्त खेलबाट म्यान अफ दि म्याचका रुपमा सुमित श्रेष्ठ पुरस्कृत भए ।
तेस्रो क्वाटरफाईनल खेलमा आयोजक टिम सेतोले युनाईटेड क्लब माथि ६–१ को फराकिलो जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गर्याे ।
आयोजकको जितमा टिम कप्तान समेत रहेका अजय श्रेष्ठले पहिलो गोल १२ औं मिनेटमा र अर्काे गोल ३४ औं मिनेटमा गरे । त्यस्तै दिनेश राजबंशीले ३१ औं मिनेटमा १ गोलको योगदान दिए भने सुनिल गोतामेले खेलको ११, ३९ र ४० औं मिनेटमा ३ गोल गर्दै ह्याट्रिक पुरा गरे । सो खेलबाट आयोजकका टिम कप्तान अजय श्रेष्ठ म्यान अफ दि म्याचको हकदार बने ।
यसअघि खेलको १५ औं मिनेटमा युनाईटडका अभिषेक श्रेष्ठले सान्त्वना १ गोल फर्काएका थिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38