
नेता शुक्रराज शर्माको काँङ्ग्रेसमा सङ्कल्पित ५२ वर्ष पुस्तक परिचर्चा
नेपाली काँग्रेसका नेता शुक्रराज शर्माद्वारा लिखित काँङ्ग्रेसमा सङ्कल्पित ५२ वर्ष नामक पुस्तकको पोखरामा शुक्रबार परिचर्चा गरिएको छ ।

प्रजातान्त्रिक विचार समाज कास्कीले गरेको कार्यक्रममा विश्लेषक, अधिवत्ता र नेताहरुले पुस्तकको चर्चा गरेका थिए । ५ दशक बढी समय नेपाली काँग्रेसको राजनीतिमा बिताएका शर्माले लेखेको सो पुस्तक २ सय ३६ पृष्ठको छ ।
पुस्तकमा शर्माको जीवनका महत्वपूर्ण घटनासँगै राजनैतिक अनुभव, गणतन्त्रका १० वर्ष, १६ वर्ष जिल्ला सभापति, वीपीले लेख्न खोजेको इतिहास, वीपी मेलमिलापका पाँच वर्ष र काँग्रेसको अबको बाटो लगायतका सामग्री छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले पुस्तक युवा वर्गका लागि प्रेरणाको स्रोत बन्ने बताए । कास्की काँग्रेसका सभापति कृष्ण केसीले लोकतन्त्रवादीका लागि सो पुस्तक पूँजी भएको उल्लेख गरे ।
विश्लेषक डा शोभाकर पराजुलीले नेता शर्माले लोभ, आशा, लालचाभन्दा माथि उठेर पुस्तक लेखेको बताए । अर्का विश्लेषक प्रा.डा सुरेन्द्र केसीले सरल र राम्रो भाषा प्रयोग गरिएका कारण पुस्तक पढ्न सजिलो रहेको बताए ।
उनले पुस्तकमा राष्ट्रिय स्वाधिनताको रक्षाका लागि मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने विषय समावेश गरिएको भन्दै प्रशंसा गरे । वरिष्ठ अधिवक्ता तिलक पराजुलीले वर्तमान र भावि पुस्ता दुवैका लागि पुस्तक उपयोगी रहेको बताए ।
आजको खबर

पोखरासंविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले बुधबार “संचारकर्मीसंग नेकपा (एमाले) “कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले…
अझै पढ्नुहोस्Follow Us

एमाले गण्डकीको संचारकर्मीसंग नेकपा (एमाले) कार्यक्रम सम्पन्न
४ आश्विन २०८०, बिहीबार १२:३६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38