ताजा खबर

होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राख्न सफल खगेन्द्र थापामगरको निधन

   ३ माघ २०७६, शुक्रबार १९:००      877 views

विश्वकै होचा व्यक्तिको रुपमा आफनो नाम दर्ज गराउन सफल राखेका खगेन्द्र थापामगरको निधन भएको छ ।

मगरको शुक्रवार दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरामा २८ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राती १२ बजे खगेन्द्रलाई अस्पताल भर्ना गरिएको थियो ।

मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका थापामगरलाइ शुक्रवार दिउसो करिव ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले जानकारी दिनुभयो ।


खगेन्द्रमा मुटुको समस्या थियो । स्वाशप्रश्साव, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यकभन्दा बढी हुने समस्या खगेन्द्रमा रहेको प्रतिष्ठानका अध्यक्ष रानाले जानकारी दिनुभयो ।


खगेन्द्रको जन्म बाग्लुङ धुल्लुवासकोट ६ मा भएको हो । २०६७ असोज २८ गते विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए । त्यतिबेला थापा ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च थिए ।


थापा १६ वर्षको उमेरदेखि पोखरा सिर्जना चोकमा बस्दै आएका थिए । रूपबहादुर थापामगर र धनमाया थापामगरबाट खगेन्द्रको धुल्लुबासकोट ६ मा १८ असोज २०४९ मा जन्म भएको थियो । जन्म भएको बेला खगेन्द्र मात्र ६०० ग्रामका थिए ।

उनको वजन ५.५ किग्रा मात्र रहेको थियो । थापाको शनिबार मणिपालदेखि बौद्ध अघौं सदन रामघाटमा अन्त्येष्टि गरिने प्रतिष्ठानका अध्यक्ष रानामगरले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: