
राष्ट्रिय मार्शल आर्टस् हाप्किडो संघको दुईदिने रेफ्री सेमिनार सम्पन्न
आगामी माघ ११ र १२ गते पोखरामा आयोजना हुने नेपाल मार्शल आर्टस् हाप्किडो संघको अन्तर्राष्ट्रिय सेमिनारको पुर्व सन्ध्यामा आयोजना गरिएको दुई दिने रेफ्री सेमिनार आज पोखरामा सम्पन्न भएको छ ।

संघको कास्की जिल्ला समितिको आयोजना तथा केन्द्रिय समितिको सहयोगमा भएको सेमिनार पोखरा महानगरपालिका वडा नं.१४ को वडा भवनमा सम्पन्न भएको हो ।
सेमिनारमा ३५ जिल्लाका ६० जना रेफ्रीहरु सहभागि भएको संघका कास्की जिल्ला अध्यक्ष मदनकुमार जि.सी.ले जानकारी दिनुभयो । रेफ्रीहरुलाई प्रशिक्षक द्धय सुस्मिता गुरुङ र भुवन बुढामगरले प्रशिक्षण दिएका थिए ।

पोखरामा पहिलो पटक आयोजना हुन लागेको नेपाल मार्शल आर्टस हाप्किडो अन्तर्राष्ट्रिय सेमिनारमा २० देशका ६ सय जना खेलाडी तथा खेल प्रशिक्षकहरुको सहभागिता रहने नेपाल मार्शल आर्टस हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।
माघ ११ गते विहान ११ बजे भव्य झाँकी सहितको रयालीले नगर परिक्रमा गरेपछि पोखरा रंगशालाको कभडहलमा सेमिनारको उद्घाटन हुने छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38