ताजा खबर

माघ ११ गतेबाट पोखरामा हुने हाप्किडो अन्तर्राष्ट्रिय सेमिनारको तयारी अन्तिम चरणमा

   ७ माघ २०७६, मंगलवार १९:१६      1,543 views

पोखरा शहरलाई पर्यटनसँगै खेलकुदको राजधानी पनि भन्ने गरिन्छ । यहाँ दिनहुँ जस्तो केही न केही खेल प्रतियोगिता तथा अभ्यासहरु भई रहन्छन ।

कालीबहादुर घर्तीमगर : अध्यक्ष नेपाल मार्शल आटर्स हाप्किडो संघ

पछिल्लो समय पोखरा रंगशालाको पुनःनिर्माणपछि यहाँको सुन्दरता र भौतिक पूर्वधारले पनि धेरै खेलाडी मात्र होइन अन्यलाई पनि खेल क्षेत्र र रंगशालातिर ध्यान तानेको छ ।


पोखरा रंगशालामा माछापुच्छ«े हिमाल र काहुँ डाँडासँग बाचचित गर्दै खेलाडीहरुले खेल जीवनको अविस्मरणीय मज्जा लिदै आएका छन । त्यसकारण पनि पोखरामा हुने खेलकुदका कार्यक्रम मात्रै होइन अन्य विभिन्न कार्यक्रममा पनि पोखरा बाहिरका देशी विदेशी सबै जना सहभागि हुन लालाहित हुने गर्दछन् ।


यसै सन्र्दभमा यही माघ ११ र १२ गते पोखरामा नेपाल मार्शल आटर्स हाप्किडो संघको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार हुँदैछ ।


सेमिनारको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था नेपाल हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।


सेमिनारमा दक्षिण कोरिया, अष्ट्रेलिया लगायत विश्वका २० भन्दा बढी मुलुकबाट करिब १ सय जना खेलाडी एवम् खेल प्रशिक्षक तथा नेपालका ४१ भन्दा बढी जिल्लाबाट खेलाडी एवम् खेल प्रशिक्षक गरी करिब ६ सय जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ ।


कतिपय विदेशी खेलाडीहरु आजैदेखि पोखरा आउने क्रम शुरु भइ सकेको समेत बताइएको छ ।
माघ ११ गते विहान ११ बजे पोखरा सभागृहचोकबाट झाँकी सहितको रयाली आयोजना गरि पोखरा रंगशालामा पुगेर सेमिनारको उद्घाटन हुनेछ ।


आयोजक संस्थाका अध्यक्ष एवम् खेल प्रशिक्षक कालीबहादुर घर्तीमगरका अनुसार हाप्किडो खेलको जन्म दक्षिण कोरियामा भएको र नेपालमा वि.सं. २०७३ सालमा यसको विधिवत रुपमा संस्था दर्ता गरेर प्रशिक्षण शुरु भएको हो । यो खेल विशेष गरि सेल्फ डिफेन्समा आधारित भएकोले महिला, युवा, बालबालिका सबैले प्रशिक्षण लिन सक्नेछ ।


नेपाल हाप्किडो संघको अहिले देशका ४१ जिल्लामा समिति गठन भएका छन भने प्रदेश स्तरिय समितिहरु समेत गठन भएको छ ।


यतिबेला करिब २ महिना भन्दा बढी समयदेखि केन्द्रिय र जिल्ला एवम् प्रदेश समितिहरु पोखराको सेमिनार भव्यरुपमा सम्पन्न गर्नका लागि अहोरत्र खटिरहेका छन ।

सेमिनार सम्पन्न गर्न पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले समेत आर्थिक सहयोग गरेको संघले जनाएको छ ।


सेमिनारलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सम्पूर्ण पोखराबासीसँग सहयोगको लागि अध्यक्ष घर्तीमगरले अपिल गर्नुभएको छ ।


सेमिनारले पोखरामा खेल पर्यटन बढनुका साथै नेपाल भ्रमण वर्ष समेत सफल गराउन सघाउने आयोजकले विश्वास लिएको छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: