ताजा खबर

मादी ८ की सोफी साही बनिन मादी डान्स आइडलको बिजेता

   १४ माघ २०७६, मंगलवार १२:०४      3,548 views

प्रथम मादी डान्स आइडलको उपाधि मादी ८ की सोफी शाहीले जित्नुभएको छ । उपाधिसँगै सोफीले नगद १ लाख पुरस्कार, ट्रफी र प्रमाणपत्र तथा म्युजिक भिडियोमा अवसर पाउनु भएको छ भने एक वर्षसम्म आइडल भत्ता बापत मासिक २ हजारका दरले थप २४ हजार पाउनु हुनेछ ।

कास्कीको मादी गाउँपालिकाभित्रका १२ वटा वडाका नयाँ प्रतिभाहरुको खोजी गरी उनीहरुको प्रतिभा विश्वसामु चिनाउन सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता सञ्चालन भएको थियो ।

आइडलमा मादी गाउँपालिका वडा नम्बर २ का प्रतियोगी नम्बर १४१ अर्पिता गुरुङ फष्ट रनरअप हुन सफल हुनुभएको छ । उपाधिसँगै अर्पिताले नगद ५० हजार पुरस्कार, ट्रफी, प्रमाणपत्र र म्युजिक भिडियोमा अवसर पाउनु भएको छ ।

यस्तै वडा नम्बर २ कै प्रतियोगी नम्बर १३२ कुशुम गुरुङ सेकेन्ड रनरअप हुन सफल हुनुभएको छ । उपाधिसँगै कुशुमले नगद २५ हजार ट्रफी, प्रमाणपत्र र म्युजिक भिडियोमा अवसर पाउनु भएको छ ।

भने प्रतियोगि नम्बर १३९ ससिमाया गुरुङले उत्कृष्ट भेषभुषाको उपाधि जित्नु भएको छ । उपाधिसँगै उहाँले नगद ५ हजार र ट्रफी प्राप्त गर्नुभएको छ । प्रतियोगितामा उत्कृष्ट नृत्यनिर्देशकको उपाधि निरज राईभाट र कमल गुरुङले जित्नु भएको छ ।


यस्तै मादी वडा नम्बर २ का ललित गुरुङलाई नगद ३ हजार सहित प्रोत्साहन पुरस्कारले सम्मान गरिएको छ ।

प्रतियोगिताको फाइनलिष्ट २० जनालाई नै नगद ३ हजार सहित प्रमाण–पत्र प्रदान गरिएको थियो भने आदिम कला मञ्चको तर्फबाट छ महिनाको निःशुल्क नृत्य प्रशिक्षणको मौका र ट्रफी प्राप्त गरेका छन् ।

गत वैशाख महिनाबाटै गाउँपालिकाको विभिन्न वडाहरुमा गएर वडा अध्यक्षको रोहबरमा १ देखि १२ सम्म १२ वटा आईडको अडिसन सञ्चालन गर्त उपसमितिहरु गठन भएको थियो भने भदौ १ बाट पहिलो चरणको अडिशन शुरु भएको थियो ।

आदिम कला मञ्चले आयोजना गरेको कार्यक्रममा मादी गाउँपालिकाले सहकार्य गरेको थियो । कार्यक्रममा मादी गाउँपालिकाले आगामी २०७६ साल वैशाख १ देखि १० गतेसम्म आयोजना हुने क्रपु महोत्सवको प्रमोशनल डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले यस्ता खाले प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान मात्र नभई मादी गाउँपालिकाकै शान उच्च भएको बताउनुभयो । साथै उहाँले गाउँपालिकाले आयोजना गर्न लागेको क्रपु महोत्सवमा सबैले आ आफनो तर्फबाट सक्दो सहयोग गर्न अपिल समेत गर्नुभयो ।

कार्यक्रमका सभाध्यक्ष एवम् आदिम कला मञ्चका निर्देशक लब्सन गुरुङले सबैको साथ र सहयोग आफनो मेहेनतले असंभव लागेको कामलाई पनि संभव तुल्याउन आफहरु सफल भएको भन्दै सबै सहयोगीहरुलाई आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा मादीका १२ वटै वडा अध्यक्ष तथा सदस्यहरु मादी गाउँपालिका सबै कर्मचारीहरु लगायत मादीका सबै वडाका स्थानियहरुको व्यापक सहभागिता रहेको थियो ।

आदिम कला मञ्चका निर्देशक लब्सन गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पूर्व मिस तमूस्यो निशा गुरुङ र यकिन गुरुङले सञ्चालन गर्नुभएको थियो । (तस्विर /दिलु कोन्मे तमू)

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: