ताजा खबर

आपसी सद्भाव बढाउन जिफानको वनभोज काहुँ डाँडामा सम्पन्न

   १७ माघ २०७६, शुक्रबार २१:२९      1,617 views

गुरुङ फिल्म एशोसियशन नेपाल जिफानको वनभोज कार्यक्रम आज पोखरा ११ काहुँ डाँडामा सम्पन्न भएको छ ।

जिफानले हरेक वर्ष तिहारमा सञ्चालन गर्ने देउसी भैलो कार्यक्रमपछि आफना सदस्य र शुभ चिन्तकहरुबीच वनभोज कार्यक्रम मार्फत भेटघाट गराउँदै आएको छ ।


कार्यक्रममा तमू धीं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, वर्तमान कार्य समिति सदस्य भोजबहादुर गुरुङ, एनआरएन युकेका उपाध्यक्ष एलबीजेड गुरुङ लगायत उपस्थित अतिथिहरुलाई सम्मान तथा स्वागत गरिएको थियो ।


जिफानका महासचिव एवम् गायक तथा संगीतकार मनोज गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रम अध्यक्ष भोजबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।


वनभोज कार्यक्रममा गायक मनोज गुरुङ, केशहादुर गुरुङ, गायिका प्रिय गुरुङ लगायतले गीत गाउनुभएको थियो भने गुरुङ चलचित्रका नायक नायिकाहरुले विभिन्न गीतमा नृत्य गरेका थिए ।


वर्षमा एकपटक यसप्रकारको कार्यक्रम आयोजना गर्नले जिफानका नयाँ तथा पुरान सदस्यहरुबीच चिनजान हुने र एकअर्कामा आपसी सद्भाव बढ्ने भएकोले आफूहरुले यो कार्यक्रम जिफानको स्थापनाकालदेखि नै आयोजना गर्दै आएको जिफानका अध्यक्ष भोजबहादुर गुरुङले बताउनुभयो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: