ताजा खबर

पिएचडी गर्ने सपना साकार पार्दै : उप–प्राध्यपक विष्णु गुरुङ

   १९ माघ २०७६, आईतवार १८:२८      6,667 views

रोशनी गुरुङ


सानै उमेरदेखि स्वास्थ्य क्षेत्रमा लागेर अरुको सेवा गर्ने महान सोच बोकेर हुर्किनु भएकी विष्णु गुरुङ हाल पोखरा नर्सिङ क्याम्पसको उप–प्राध्यपक हुनुहुन्छ । हुने विरुवाको चिल्लो पात भने जस्तै पढन र आफनो उद्देश्यमा लाग्न उहाँलाई कहिल्यै कसैले अराउनु परेन ।

कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङजाकोट घरेडी पुख्र्यौली घर भएकी विष्णुको जन्म भने पोखरा १२ माटेपानीमा भएको हो ।


आमा हिमकुमारी गुरुङ र बाबा भिमबहादुर गुरुङकी एक मात्र सुपत्री उहाँ सानैदेखि मेहेनती र हिम्तीलो स्वभावको हुनुहुन्थ्यो । उहाँको त्यहि स्वभावले गर्दा आज शैक्षिक जगतको उच्च तहसम्म आफूलाई उभ्याउन सफल हुनुभएको छ ।


पोखरा १२ फूलबारीमा रहेको आदर्श इङग्लिस बोडिङ स्कूल (हालको पुष्पा सदन) बाट वि.सं. २०६० सालमा एस.एल.सी. परिक्षा उत्र्तिण गर्नुभएकी उहाँ विद्यालयमा पढदा कक्षामा सधै जसो प्रथम र द्धितिय भई रहनुहुन्थ्यो त्यहि भएर जेहेन्दार विद्यार्थीको रुपमा उहाँले विद्यालयमा पढदादेखि नै छात्रावृत्ति पाउन थाल्नुभयो ।


पोखराको नयाँ बजारमा रहेको सगरमाथा उच्च मा.वि.मा विज्ञान विषयमा कक्षा १२ सम्मको अध्ययन गर्नुभएकी उहाँले त्यहाँ पनि जेहेन्दार विद्यार्थी कहालीएपछि २५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्नुभयो र प्रथम श्रेणीमा कक्षा १२ उत्तिर्णर्नुभयो । त्यसपछि नेपाल सरकारले उच्च शिक्षा अध्ययनका लागि प्रदान गर्ने जेहेन्दार छात्रवृत्तिका लागि उहाँको ध्यान पुग्यो र खुल्ला प्रतिश्पर्धामा संलग्न हुनुभयो ।

नेपालभरका ४ सय जना प्रतिपश्र्धीसँग जुधेर आफूलाई उत्कृष्ट १५ जनाभित्र सुरक्षित गर्नु चानचुने कुरा होइन तर विष्णुको जीवनमा यो प्रयास सफल सिद्धभयो । फलस्वरुप उहाँले विपि कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४ वर्षे बिएसी नर्सिङको पढाई पुरा गर्नुभयो ।


पढाई सकिएपछि उहाँ आफनो गृहनगर पोखरा फर्किनुभयो र पोखरा भद्रकालीमा रहेको चरक एकेडेमीमा करिब साढे दुई वर्ष स्टाफ नर्स अध्ययन गर्ने विद्यार्थीहरुलाई पढाउनुभयो ।
त्यस लगत्तै उहाँ त्रिभुव विश्वविद्यालय चिकित्स शास्त्र अध्ययन संस्थान (पोखरा नर्सिङ क्यापम्पस) मा मास्टर अफ नर्सिङको पढाई पुरा गर्नका निम्ति पुग्नुभयो ।


मेहेनत गर्नेहरुका लागि सम्भावनाको ढोकाहरु सधैं खुल्ला नै रहन्छ । त्यसकारण उहाँले आफूलाई फेरि पनि एकपटक अब्बल र दावेदार विद्यार्थीको रुपमा पेश गर्दै पूर्ण छात्रावृत्तिमा नाम निकाल्न सफल हुनुभयो ।


त्यसपटक करिब तीन जनाको कोटा रहेकोमा तेस्रो नम्बरमै नाम निकालेर पुनः एकपटक उहाँले आफूलाई सक्षम र योग्या व्यक्तिको रुपमा प्रमाणित गर्नुभयो । यसरी वि.सं. २०७२ सालमा उहाँले मास्टर अफ नर्सिङको पढाई पोखरा नर्सिङ क्याम्पसबाट पुरा गर्नुभयो ।


धनीमानीको छोराछोरीले मात्रै पढने क्षेत्र भनेर चिनिदै आएको स्वास्थ्य क्षेत्र अर्थात स्टाफ नर्स, डाक्टर आदिको विषयको पढाई मेहेनत गरयो भने गरिबको छोराछोरीले पनि पढन सक्छ भनेर विष्णु गुरुङले सबैलाई प्रमाणित गरिदिनुभयो ।

विद्यालय तहमा पढददेखि नै सम्भावनाका सबै ढोका खुल्ला राखेर आफूलाई हरेक क्षेत्रमा अब्बल सावित गर्दै आउनु भएका विष्णुले लाखौ रुपैया खर्च लाग्ने नर्सिङ विषयको मास्टर डिग्रीसम्मको पढाई सरकारी छात्रावृत्तिबाटै पढनुभयो ।

जीवनमा कहिल्यै पनि उहाँले हार्नु परेको छैन र हार्न पनि जानेको छैन त्यसैले त हरेक प्रतिष्पर्धामा उहाँ महिला, आरक्षण आदि कोटालाई पनि वेवास्ता गर्दै सधै खुल्ला कोटामै लडनुभयो र निरन्तर सफलता हाँसिल गरिरहनुभयो ।


आफनै मेहेनतले सफलताको सिँढी चढदै गरेकाहरुलाई थाहा हुन्छ मेहेनतको फलको स्वाद कस्तो हुन्छ भनेर । त्यसैले उहाँले आजसम्म पनि मेहेनत गर्न छोडनुभएको छैन ।


२०७२ साल मंसीरबाट उहाँले जीवनको अर्को उपलब्धीको रुपमा महाराजगञ्ज नर्सिङ क्याम्पसबाट प्रशिक्षकको रुपमा जागिर सुरु गर्नुभयो । तर भर्खरै सुत्केरी भएर काम फर्केको उहाँलाई घरपाईको जागिर नभएपछि गाह्रो हुन थाल्यो र सरुवाको निम्ति निवेदन दिएपछि त्यहि वर्षको माघ महिनाबाट उहाँले आफूले अध्ययन गरेकै पोखरा नर्सिङ क्याम्पसमा प्रशिक्षकको रुपमा काम गर्न थाल्नुभयो ।


निरन्तर तीन वर्षसम्म प्रशिक्षकको रुपमा काम गरेपछि २०७५ सालमा खुल्ला प्रतिष्पर्धाबाट लोकसेवा आयोग लडेर उहाँले उप–प्राध्यापक जस्तो सम्मानित पद र पेशामा आफूलाई दर्ज गराउन सफल हुनुभयो ।


पोखरा क्षेत्रको लागि ४ जनाको कोटा रहेको उक्त पदमा उहाँले पुनः अर्को पटक आफूलाई तीन नम्बरमा नाम निकालेर सक्षम सावित गराउनुभयो ।


त्यसयता २०७५ असोज महिनादेखि उहाँ अहिले पोखरा नर्सिङ क्याम्पसको उप–प्राध्यकको रुपमा कार्यरत रहनुभएको छ ।


जीवनमा पढने पढाउने र जागिर खाने दौरानमा उहाँले थुप्रै खाले अनुभव गर्नुभएको छ ।
आफनो पेशामा अत्यन्तै खुसी र सन्तुष्ट देखिनु भएकी विष्णु जीवनको हरेक क्षणमा मेहेनत गर्न आफूलाई समय अनुसार परिवर्तन र अध्ययनशील रहन सबैलाई सुझाव दिनुहुन्छ ।


स्वास्थ्य क्षेत्र आफैमा जोखिम र चुनौती पूर्ण क्षेत्र हो । यति हुँदा हुँदैपनि आफैमा यो सम्मानित र सेवा मुलक पेशा पनि हो । त्यसैले स्वास्थ्य क्षेत्रमा लाग्नलाई दिमाग र पैसा मात्रै भएर नपुग्ने भन्दै कामप्रतिको सर्मपन सबै भन्दा ठूलो कुरा भएको उहाँ बताउनु हुन्छ ।


अनुशासित, लगनशील, अध्ययनशील र इच्छाशक्ति भएन भने यो क्षेत्रमा टिक्न गाह्रो छ त्यसैले नयाँ आउने भाइबहिनीहरुले आफनो दिमागी क्षमतासँगै दृढ इच्छाशक्ति पनि बोकेर आउन उहाँ सुझाव दिनुहुन्छ ।


कतिपय जागिर आफैमा सेवा मुलक जागिर हुन्छ ति मध्ये स्वास्थ्य क्षेत्र पनि आफैमा सेवा मुलक जागिर हो । त्यसकारण अरुको सेवामा लाग्न पाउदा आफन्त साथीभाइ र चिनेजानेकाहरुलाई स्वास्थ्य सम्बन्धी सेवा, सल्लाह र सुझाव दिन पाउदा जागिरबाट आउने पैसाले भन्दा धेरै खुसी र आनन्द आउने उहाँ बताउनु हुन्छ ।

पछिल्लो दिनहरुमा उहाँ अध्यापनसँगै अनुसन्धानमा पनि आफूलाई संलग्न गराउँदै आउनुभएको छ । हालै गण्डकी प्रदेश सरकारबाट आवाहान भएको वयस्क मान्छेहरुमा हुने उच्चरक्तचाप र त्यसका जोखिमका तत्वहरु विषयमा प्रदेशभरिको १५ जना अनुसन्धानकर्तालाई दिने अनुदान कार्यक्रममा पनि उहाँ उक्त १५ जनाभित्र छनौटमा पर्नुभएपछि भर्खरै यो योजना सम्पन्न गरेर उहाँले ८७ हजार ५ सय सरकारी अनुदान रकम समेत प्राप्त गर्न सफल हुनुभएको छ ।


भने हाल उहाँ विश्वविद्यालय अनुदान आयोगबाट प्रदान गरिने नगद १ लाख रुपैयाको अनुसन्धान कार्यक्रममा पनि छनौट भएर अनुसन्धान गरिरहनु भएको छ । अनुसन्धानकै क्रममा रहेको यो योजना अन्तरगत भने उहाँले एचआईभी एड्स लागेका विरामीको कुरुवाहरुमा देखिने बोझ तथा उदासिन्ताको विषयमा अनुसन्धान गरिरहनुभएको छ ।


पर्वतको अर्थर स्थाई घर भई हाल पोखरा बिरौटा निवासी इलेक्ट्रोनिक इञ्जिनियर सनरोस गुरुङसँग विवाह गर्नुभएका विष्णु एक छोरी र छोराकी आमा हुन ।

आफनो जीवनको हरेक खुटकिला पार गर्न आफनी आमा हिमकुमारी गुरुङलाई आफनो प्ररेणा र शक्तिको रुपमा लिदै आउनुभएकी विष्णुले आफनो सफलताको सबै श्रेय पनि आफनी आमालाई दिनुहुन्छ ।


जीवनमा कहिल्यै हार मान्न नजानेको र कहिल्यै असफलता भोग्नु नपरेको विष्णुको अबको महान उद्देश्य भनेको पिएचडी गर्नु हो । तसर्थ यो महत्वकांक्षी लक्ष्य पनि उहाँको चाँडै पुरा होस शुभकामना ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: