
एनआइसी एसियाद्वारा विमा बापतको रकम हस्तान्तरण
निजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआइसी एसिया बैंकले मेडिकल इन्स्युरेन्स बापतको रकम हस्तान्तरण गरेको छ ।

बैंकले सञ्चालन गरेको सुपर–चमत्कारिक तलब बचत खाता खोल्ने ग्राहकलाई दिदै आएको बिमा सुविधा बापतको रकम हस्तान्तरण गरेको हो ।
नवीन मा.वि. गैह्रापाटनमा कार्यरत निर्मला कोइराला पाठकलाई बैंकका प्रदेश प्रमुख दीपेन्द्र शर्माले बुधबार एक कार्यक्रमबीच १ लाख ३५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । मृगौलामा ट्युमरको अपरेसन गरेबापत बिमा दावी गरेकी पाठकले उक्त रकम प्राप्त गरेकी हुन् ।
बैंकले गत वैशाखबाट सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको थियो । उक्त योजना अन्तर्गत संस्थागत तलब बचत खाता खोल्ने ग्राहकले १ लाख ५० हजार रुपैयाँसम्मको मेडिकल बिमा सेवा प्राप्त गर्दै आइरहेको शर्माले जानकारी दिए ।
बिमा रकम पाउँदा आफूलाई निकै राहत महसुस भएको पाठकले बताइन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिरोमणि लामिछानेले बिमा रकम भुक्तानी गरेर बैंकले विश्वसनीयता बढाएको बताए । विद्यालयका सम्पूर्ण कर्मचारीले एनआइसी एसियाको महेन्द्रपुल शाखामा तलब बचत खाता सञ्चालन गरिरहेका छन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38