ताजा खबर

क्हाेंला सोंप्रे ट्होँसम्म पुग्न नसक्दा उपन्यासलाई बिट मार्न गाह्रो भयो : तीर्थ गुरुङ

   २४ माघ २०७६, शुक्रबार १८:४०      1,785 views

रोशनी गुरुङ

वि.सं.२०७४ सालमा पाठशाला उपन्यास प्रकाशित भएपछि तीर्थ गुरुङको साहित्यिक उचाई हिमालको हिउँ जस्तै चुलिएको छ । उसो त उहाँको साहित्यिक यात्रा ०७४ पछि शुरु भएको भने होइन् । जीवनको युवा अवस्था र खास गरि विद्यार्थी उमेरदेखि नै साहित्यमा उहाँको चासो र प्रत्यक्ष संलग्नता रहेको पाइन्छ ।

२०७४ सालको मदन पुरस्कारको लागि पाठशाला पनि उत्कृष्ट ८ वटा पुस्तकभित्र अटाइएपछि उहाँको लेखन कार्य झन् तीव्र जोशका साथ अघि बढी रहेको छ ।

उक्त कृतिका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सन् २०१८/०१९ को उत्कृष्ट उपन्यास विधामा नगद १ हजार अमेरिकी डलर सहित पुरस्कार प्रदान गरेको छ भने गुरुङ साहित्यिक मञ्च नेपालले पनि यसअघि सो उपन्यासका लागि प्रोत्साहन स्वरुप नगद १ लाख १ हजार १ सय ११ सहित सम्मान गरिसकेको छ ।


हाल एउटा उपन्यास र कथा संग्रहलाई सँगसँगै तयार पार्दै व्यस्त भई रहँदा पाठकहरूलाई भने उहाँको नयाँ कृति पढने रहर प्रकट हुन थालेको छ । पोखराको व्यस्त बजार न्युरोडमा अवस्थित हिमालयन रिडर्स कर्नरमा दैनिक जसो लेखक र पाठकहरुको राम्रै जमघट हुन्छ ।

त्यही कर्नरमा अक्सर भेटिरहने साहित्यकार तीर्थ गुरुङलाई मादी न्युजडटकमका लागि मैले उहाँको आजभोलिको दिनचर्यको बारे गरेको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

आजभोलि के गर्दै हुनुहुन्छ ?

एउटा कथा संग्रह तयार पार्दैछु ।


गुरुङ मिथमा आधारित भएर उपन्यास लेख्ने कुरा के भयो ?


त्यसको कथावस्तु लगभग तयार छ, गुरुङहरूको अछिल्लो सभ्यता क्हाेंला सोंप्रे ट्होँसम्म जानलाई स्वास्थ्य र अवसरले रोकिराखेको हुनाले त्यो काम स्थगनमा छ ।

त्यहीँ जानु पर्नाको कारण ?


उपन्यासको व्याक्ड्रप अर्थात् पृष्ठभूमि त्यही अन्तिम क्हाेंला बनाउने इच्छा भएको हुँदा काम रोकिएको हो । जान नसक्ने भएमा मेरो आफ्नै गाउँ सिक्लेसलाई पनि बनाउने विकल्प छ ।

लेखन कार्यको लागि कति अध्ययन गर्नुपर्छ ?

अध्ययन अति आवश्यक कुरा हो । महान् महान् लेखकका कृतिहरू पढेर त्यसबाट शैली, प्रस्तुति र उस्तै परे आँट लिन सक्ने पनि सिक्न सकिन्छ किनभने हामी कतिपय कुराहरू व्यक्त गर्न डराइरहेका हुन्छौं । तर लेखनको लागि भाषामाथिको पकड र कल्पनाशिलताको पनि उतिकै महत्व हुन्छ र यी पनि अध्ययनबाटै विस्तारै खारिने कुरा हुन् ।


स्कूलमा पनि कार्यरत तपाई समयको व्यवस्थापन कसरी गर्नुहुन्छ ?


सात वा साढे सात घण्टा सुत्छु । म टिभी हेर्दिनँ । कम्तिमा दुई घण्टा लेख्छु । कहिलेकाहीँ बढी पनि हुन सक्छ । मौका मिलेमा पढ्छु । झोलामा एउटा किताव सधैं राख्छु । कसैलाई कुर्दा, काममा आउँदा जाँदा बसमा पनि पढ्छु । फेसबुक भएपनि उतिसारो चलाउँदिनँ, च्याट गर्दिनँ । अलि बढी समय ट्विटरले खाएको छ । त्यही भएर पनि चाहेको जस्तो पढ्न लेख्न सकिरहेको छैन ।


कति सामाजिक हुनुहुन्छ ? गीत सुन्ने, फिल्म हेर्ने कति गर्नुहुन्छ ?


म त्यति सामाजिक भन्दिनँ आफूलाई तर जानै पर्ने सामाजिक जमघटहरूमा जान्छु, इष्टमित्रको राम्रो नराम्रो काममा उपस्थिति दर्शाउँछु । मोबाइलमा कहिलेकाहीँ गीत पनि सुन्छु । छानिएका फिल्महरू हेर्छु ।

कस्तो फिल्म हेर्नुहुन्छ ?


म प्रायः अङ्ग्रेजी फिल्म हेर्छु । जस्तो हालै मैले There will be Blood भन्ने फिल्म हेरें । Perfume, The Shape of Water जस्ता फिल्महरू हेरेर चकित भएँ ।


नेपाली अथवा गुरुङ फिल्म हेर्दै हेर्नुहुन्न ?

हेर्छु नि । नेपाली फिल्महरू समीक्षाको आधारमा हेर्छु । ‘लुट’ बाट फेरिएको नेपाली फिल्मको स्वरूप ‘जात्रा’ भन्दा अगाडि बढ्न सकेको जस्तो लागेन । पहिला बनेको ‘नुमाफुङ’ जस्तै अर्गानिक स्वाद भएको फिल्म ‘कबड्डी’ राम्रो छ । गुरुङ फिल्महरू चाहिँ सेन्टीमेन्टको कारणले चलिरहेका छन् । अलि सार्थक फिल्महरू पनि बनाउन सकिन्छ ।

देश विदेशमा रहेका गुरुङहरूले फिल्ममा लगानी गर्ने हिम्मत राख्नुपर्छ । पछिल्लो समय जसु गुरुङद्वारा निर्देशित ‘म्ले क्यु’ मा प्रयास राम्रो भएको छ । दर्शकले पनि त्यही ङोलो ङोल्स्यो बिचको नाचगानबाट उठेर अलि कलात्मक र सार्थक फिल्म खोज्ने बेला भैसकेको जस्तो लाग्छ ।

अन्तमा मैले नसोधेको तर तपाईंलाई भन्न मन लागेको कुरा केही छ भने..

आफ्नो गुरुङ समूदायलाई भन्न मन लागेको कुरा भाषा हो । भाषा, संस्कार र संस्कृति भनेको कुनै पनि जातिको मूल पहिचान हो । मृत मान्छेको अन्तिम संकार गर्ने बेलामा रामघाट शक्तिघाटतिर समाजका अगुवाहरू नेपाली भाषामा श्रद्धाञ्जली भाषण दिइरहेका हुन्छन् ।

पय अर्घुमतिर पनि त्यस्तो स्थिति देखिन्छ । बजारतिर तमू भाषा बोले पाखे भइन्छ जस्तो गरेर मान्छेहरू नेपाली भाषा बोल्छन् । यसमा नेपाली भाषाको विरोध गर्न खोजेको हैन ।


सकेसम्म धेरै भाषा सिक्ने हो, बोल्ने हो । तर उपयुक्त ठाउँहरूमा तमू क्युइमै कुरा गरौं भन्ने मेरो आग्रह र अनुरोध दुइटै हो । हैन भने हाम्रो भाषाको अन्त्य छिट्टै हुनेछ र हाम्रो अस्तित्व पनि सङ्कटमा पर्नेछ, किनभने पहिले भन्दा हामी बाहिरी संसारसित बढी सम्पर्कमा छौं ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: