ताजा खबर

सञ्चालनमा आएको दुई वर्षमै मुग्लान रेस्टुरेन्टलाई अपेक्षा गरेभन्दा बढी सफलता

   २८ माघ २०७६, मंगलवार १७:५२      1,120 views

पोखराको न्युरोडमा रहेको मिड टाउन ग्यालेरियामा अन्तर्राष्ट्रिय स्तरको सेवासुविधा सहित दि मुग्लान रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको दुई वर्ष भएको छ ।

लामो समयसम्म अष्ट्रेलियामा सञ्चालित दि मुग्लान रेस्टुरेन्ट पोखरामा स्थापना भएको छोटो समयमा ग्राहकहरुको विश्वास जित्न सफल भएको सञ्चालक राजमान थकालीले बताए । मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘दि मुग्लान रेस्टुरेन्टले अपेक्षा गरेभन्दा बढी सफलता प्राप्त गरेको छ । ग्राहकको विश्वास जितेको छ ।’

अष्ट्रेलियामा बिगत ९ वर्षदेखि सञ्चालित दि मुग्लान रेस्टुरेन्टले पोखरामा शाखा बिस्तार गरेको दुई वर्षको अवसरमा तीन दिन तीन बिशेष कलाकार सहित दोस्रो वार्षिकोत्सव कार्यक्रम तय गरेको छ । स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा फेरवरी १३ (फागुन १) देखि १५ (फागुन ३) सम्म विविध सांगीतिक कार्यक्रम तय गरेको थकालीले जानकारी दिए ।

फेरवरी १३ मा वार्षिकोत्सवको समुदघाटन सँगै चर्चित गायक कमल खत्रीको विशेष प्रस्तुति रहने जनरल म्यानेजर सन्तोष गुरुङले जानकारी दिए ।

तीन दिन मनाइने वार्षिकोत्सवका क्रममा सुगम संगीतका चर्चित गायक प्रमोद खरेल, मेलोडी कुईन गायीका तृष्णा गुरुङ, प्राप्ति एण्ड ब्रदर्श व्याण्ड र मोलोडियस ब्याण्डको विशेष साँगीतिक प्रस्तुति रहने गुरुङले बताए ।

दि मुग्लान स्थापनाको दोस्रो वर्ष प्रवेशसँगै ग्राहकको मागलाई मध्यनजर गर्दै सेवा विस्तार गरिएको थियो । हाल दि मुग्लानमा ८० जना क्षमताको सुविधा युक्त सभाहल, ग्राहकको स्वास्थ्यलाई मध्यनजगर गर्दै फ्रेस जुसबार, आइसक्रिम पार्लर तथा ग्राहकको थप मनोरञ्जनका लागि २ वटा क्यारावके रुम (आफै गाउन मिल्ने) पनि सञ्चालनमा छ ।

साना बालबालिकाहरुलाई मध्यनजर गरी प्ले जोन (बालउद्यान) निर्माण गरिएको मार्केटिङ तथा ईभेन्ट म्यानेजर सुरज थापाले बताए । ‘टर्किज कबाब र होल चिकेन रोस्टको सेवा समेत उपलब्ध रहेको’ उनले जानकारी गराए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: