ताजा खबर

मादी पर्यटन महोत्सव आयोजना हुने क्रपु डाँडा कस्तो छ ? तस्विरमा हेर्नुहोस्

   ३ फाल्गुन २०७६, शनिबार १०:३०      3,792 views

रोशनी गुरुङ

मादी गाउँपालिकाले आउँदो २०७७ वैशाख १ देखि १० गतेसम्म क्रपु डाँडा (गुरुङ हिल) मा मादी पर्यटन महोत्सव आयोजना गर्दैछ ।

महोत्सवको पूर्व सन्ध्यामा महोत्सव स्थलको अवलोकन तथा हिउँको मज्जा लिन मादी २ का वडा अध्यक्ष एक्कजंग गुरुङको नेतृत्वमा हामी त्यहाँ पुग्दा जुन दृष्य देखियो त्यो हामी सबैको लागि जीवनको एक अविस्मरणीय पल थियो ।

गत वर्ष फागुन १ गते ताङतिङमा शिलान्यास गरिएको क्रपु डाँडा जोड्ने मोटरबाटो ठीक एकवर्षपछि हामी त्यहाँ पुग्दा मोटरबाटोले पर्यटकलाई मात्र नभएर गाउँलेलाई पनि धेरै सुविधा दिइसकेको थियो ।

ताङतिङबाट १२ किलोमिटरको दुरीमा रहेको क्रपुसम्म गत वर्ष नै मोटरबाटो पुगेको हो ।
गाउँपालिकाको २ नं. वडामा पर्ने क्रपुमा मादी गाउँपालिकाले आगामी २०७७ वैशाख १ देखि १० गतेसम्म मादी पर्यटन महोत्सव आयोजना गर्दैछ ।

१० दिनसम्म फरक फरक कार्यक्रम गरेर पदयात्रालाई विशेष जोड दिने र हिउँ अनि लालीगुराँससँग पाहुनालाई मितेरी लगाउने उद्देश्यले महोत्सव आयोजना गरिन लागेको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले जानकारी दिनुभयो ।

गाउँपालिकाले महोत्सवको मिति तय गरेपछि अहिले क्रपु क्षेत्रमा भौतिक पूर्वधार निर्माणको तयारी गरिएता पनि यो वर्ष अत्याधिक हिउँ परेका कारण संरचना निर्माणमा समस्य आईरहेको छ ।
यद्यपी क्रपु डाँडामा सोलर बत्ती जडान गर्ने काम भने सम्पन्न भएको छ ।

अब छिटै उक्त स्थानमा व्यवस्थित शौचालय, खानेपानीको धारा निर्माण गर्ने लगायत महोत्सव स्थलमा पार्किङ क्षेत्र र मुख्य स्टेज बनाउनका लागि जग्गा सम्याउने काम हुने मादी २ का वडा अध्यक्ष एक्कजंग गुरुङले जानकारी दिनुभयो ।

कास्कीको प्रसिद्ध गुरुङ गाउँ ताङतिङ हुँदै मोटरबाटोमा क्रपु डाँडासम्म र त्यसपछि पदयात्रा मार्फत चोब्रो, तोप्रो दुधपोखरी कुण्डा हुँदै गुरुङ जातिको ऐतिहासिक थलो क्होला सोंथरसम्म पुग्ने मुख्य बाटो रहेकोले यो क्षेत्र धार्मिक पर्यटनको लागि पनि पवित्र स्थल र मार्ग रहेको हिमालयन मिलन मा.वि.ताङतिङका प्र.अ. ओमप्रकाश गुरुङले बताउनुभयो ।

अहिले सो क्षेत्रमा अहिलेसम्मकै भारी हिउँ परेपछि दैनिक जसो पोखरा र आसपासबाट ताङतिङ घुम्ना जाने पर्यटकहरु हिउँ खेल्न क्रपु पुग्ने गरेका छन् । जमिनबाट करिब ३ फिट अग्लो हिउँ जमेको सो ठाउँबाट कास्की र लमजुङका सबै हिमालहरु देखिनुका साथै दुवै जिल्लाका थुप्रै गुरुङ गाउँहरु पनि देख्न देख्न सकिन्छ ।


कसरी जान सकिन्छ क्रपु डाँडा ?


कास्कीको ताङतिङ, याङजाकोट, वारचोक, भाचोक, सिक्लेस तथा लमजुङको पसगाउँ, सिङदी, घलेगाउँ, घनपोखरा र भजुङ लगायतको गाउँबाट एकदिनको पैदल यात्रा मार्फत क्रपु पुग्न सकिन्छ । गतवर्ष ताङतिङबाट सिधै क्रपु जोडने मोटर बाटो खुलेपछि अहिलेसबै भन्दा नजिकको गन्तव्य भने ताङतिङबाट भएको छ ।

पोखराको काहुँखोलाबाट जो कोही ताङतिङ पुगेर खाजा अथवा खाना खाएपछि सिधै क्रपुमा पुगेर दिनभरि हिउँको मज्जा लिएपछि पुनः बेलुकी पोखरा नै फर्किन सकिने नजिकैको गन्तव्य रहेको छ ।

समुन्द्री सतहबाट क्रपु डाँडा २९०० मिटर र कुदबी डाँडा ३०८५ मिटरको उचाईमा रहेको छ । अहिले सो स्थानमा हिउँसँग लुकामारी खेल्ने पर्यटकको घुँइचो लाग्ने गरेको छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: