
रासस वर्ष सर्वोत्कृष्ट जिल्ला समाचारदाता पुरस्कार जमुना वर्षा शर्मालाई
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले राष्ट्रिय समाचार समिति र प्रदेश सरकारको सम्बन्ध व्यवस्थित हुनुपर्ने बताउनुभएको छ ।

राससको ५९ औं वार्षिकोत्सवका सन्दर्भमा गण्डकी प्रदेश कार्यालय पोखराद्वारा आज यहाँ आयोजित कायक्रममा उहाँले प्रदेश सरकार रासससँग समन्वय गर्दै सँगसँगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
“समन्वयका साथ अघि बढ्दा राससको भौतिक पूर्वाधार, क्षमता विकास लगायतमा सहयोग गर्न सरकार तयार छ,” – उहाँले भन्नुभयो ।
मुलुकको समृद्धिमा सञ्चार माध्यमको अतुलनीय योगदान रहेको चर्चा गर्दै मन्त्री चुमानले प्रकाशित एवम् प्रशारित समाचारले समाज एवम् राष्ट्रमा परिणाम निकाल्न मद्दत पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यसैबीच वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेश अन्तर्गत रासस वर्ष सर्वोत्कृष्ट जिल्ला समाचारदाता(स्ट्रिङगर) जमुना वर्षा शर्मालाई पुरस्कृत गरियो । उहाँलाई मन्त्री चुमान, राससका पूर्व अध्यक्ष बराल र प्रदेश प्रमुख पौडेलले १५ हजार रुपैयाँ नगद सहित सम्मानपत्रबाट पुरस्कृत गर्नुभयो ।
पुरस्कृत समाचारदाता शर्माले आँफैंले काम गरिरहेको संस्थाबाट कामको मूल्याङकन गरी पुरस्कृत बन्न पाउँदा ठूलो उर्जा मिलेको बताउनुभयो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38