ताजा खबर

खेल प्रशिक्षक बन्ने तयारीमा भारत्तोलनका अन्तराष्ट्रिय खेलाडी : टिकामाया गुरुङ

   ७ फाल्गुन २०७६, बुधबार १८:४७      3,012 views

रोशनी गुरुङ

१२ वर्षको उमेरदेखि नै खेल जीवनमा प्रवेश गर्नुभएका भारत्तोलन खेलका अन्तराष्ट्रिय खेलाडी हुन टिकामाया गुरुङ ।

उहाँले अहिलेसम्म जिल्ला स्तरीय, क्षेत्र स्तरीय र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको थुप्रै खेलकुद प्रतियोगितामा भाग लिएर आफनो र देशको नाम रोशन गर्नुभएको छ ।


कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङजाकोट देउराली उहाँको पुख्र्यौली भएता पनि उहाँ नन्मिदै उहाँको परिवार याङजाकोट मादीबेसी (फाँट)मा बसाई सरेको कारणा उहाँको जन्म त्यहि भयो र प्रराम्भिक शिक्षा पनि त्यही सुरु भयो ।

बाबा सुर्यबहादुर गुरुङ र आमा स्व.भुश्री गुरुङकी कान्छी छोरी टिकामाया प्रतिभाशाली खेलाडी मात्रै होइन कुशल नृत्याङगना पनि हुन । उहाँ सानै छदाँ उहाँको परिवार गाउँबाट पोखरा बसाई सरेपछि भने उहाँको पढाई पोखराको भद्रकाली मा.वि.बाट सुरु भयो । ३ कक्षाबाट भद्रकालीमा पढन सुरु गर्नुभएका टिका हाल सोहि विद्यालयमा उच्चशिक्षा हासिल गरि रहनुभएको छ ।


अहिले टिका भद्रकाली बहुमुखी क्याम्पसमा बि.बि.एस. चौथो वर्षमा अध्ययनरत हुनुहुन्छ । पढाई खेलकुद र नाचगानलाई एकसाथ अगाडी बढाई रहनुभएका टिकाको मुख्य रुची भने खेलकुद नै हो । भलिबलमा असाध्यै राम्रो दख्खल राख्ने टिकालाई खेल जगतमा भने भारत्तोलन खेलले नै चिनाएको हो ।

२०६५ सालमा काठमाडौमा आयोजना भएको ५औं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक राष्ट्रिय टोलीमा रहेर आफनो खेल प्रदर्शन गर्नुभएका टिकाले उक्त प्रतियोगितामा उदयमान खेलाडीको उपाधी प्राप्त गर्नुभयो ।


त्यसअघि पनि उहाँले जिल्ला स्तरीय र क्षेत्रिय स्तरीय थुप्रै प्रतियोगितामा आफूलाई अब्बल सावित गराई सक्नुभएको थियो । ५औं राष्ट्रिय खेलकुदपछि हालसम्म निरन्तर रुपमा उहाँले राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै संस्करणमा भाग लिदै आउनुभएको छ ।

२०६८ सालमा सुदुरपश्मिाञ्चलमा भएको छैठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा टिकाले ४८ केजी तौल समुहमा तेस्रो स्थान हाँसिल गर्नुभयो । यसरी नै निरन्तर रुपमा २०७३ सालमा पूर्वाअञ्चलनमा भएको ७औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ५३ केजी तौल समुहमा उहाँ तेस्रो हुनुभयो ।


राष्ट्रिय खेलकुद प्रतियोगितामा निरन्तर भाग लिने क्रममा २०७५/७६ मा प्रदेश नं. ५ मा भएको ८औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ५९ केजी तौल समुहमा पनि उहाँ तेस्रो हुनुभयो । २०६५ सालबाट ०७५ सम्म आईपुग्दा उहाँले चारवटा राष्ट्रिय खेलकुद प्रतियोगितामा लगातार भाग लिएर चारवटै खेलमा तेस्रो स्थान हाँसिल गर्न सफल हुनुभएको छ ।


त्यसभन्दा बाहेक २०६८ सालमा पोखरामा भएको वृहत पश्मिाञ्चल क्षेत्रिय अन्तर जिल्ला स्तरीय खेलकुद महोत्सवमा ४८ केजी तौल समुहमा उहाँ प्रथम हुनुभएको थियो । २०७५ सालमा बाग्लुङमा भएको गण्डकी प्रदेश स्तरीय भारत्तोलन खेलमा ५९ केजी तौल समुहमा टिकाले प्रथम स्थान हाँसिल गर्नुभएको छ ।

सन् २०१३ मा प्रथम शालिमार ओपन राष्ट्रिय महिला तथा पुरुष भारत्तोलन खेलमा पनि उहाँ ४८ केजी तौल समुहमा तस्रो हुनुभएको थियो ।


सन् २०१७ मा नेपालमै भएको २४औं जुनियर महिला पुरुष भारत्तोलन खेल प्रतियोगितामा पनि उहाँले नेपालको तर्फबाट सहभागिता जनाउनुभएको थियो । यसका साथै ताइवानको ताइपे शहरमा आयोजना भएको प्रतियोगितामा पनि ५औं स्थान हाँसिल गर्न सफल हुनुभएको थियो ।

अहिले टिका अर्को वर्ष पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुटिरहनुभएको छ ।


खेलकुद क्षेत्रलाई नै आफनो मुख्य पेशा बनाउने सोच बोकेर अघि बढनुभएका टिका गण्डकी प्रदेशभित्रको भारत्तोलन खेलमा एक मात्रै सिनियर महिला खेलाडी हुनुहुन्छ । खेलकुदमै आफनो सारा भविष्य देख्नुभएका उहाँ आगामी दिनमा खेल प्रशिक्षक बन्ने र सरकारी जागिरमा प्रवेश गर्ने उद्देश्यका साथ अघि बढी रहनुभएको छ ।


यसरी खेलकुदबाट बचेको समयमा उहाँ तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिमा आबद्ध भएर पोखरा र आसपासमा हुने विभिन्न साँस्कृतिक कार्यक्रममा पनि सहभागि हुँदै आउनुभएको छ ।
नाच्नमा पनि उत्तिकै माहिर टिकाले विद्यालयमा पढदा नै याङजाकोट गाउँको हाम्रो याङजाकोटमा बोलेको गीतको म्युजिक भिडियोमा पनि कोरसमा अभिनय गर्नुभएको छ ।

हालै छायाँकन सम्पन्न भएको ङयो तमूमै खनीर टिलै खनीर ह्यालै क्होइबो धी लल तोमु बोलको गीतमा पनि टिकाको अभिनय रहेको छ । यसको अलावा मिलन युवा क्लब याङजाकोटले बुद्ध जयन्तीको अवसरमा आयोजना गर्ने सामुहिक नृत्य प्रतियोगितामा याङजाकोट तमू समाज पोखराको नेतृत्व गरेर उहाँको समुहले तीन वर्षसम्म लगातार पुरस्कार जित्न सफल भएको थियो ।


२०७१ सालमा थन्कु देउराली युवा क्लब खिलाङले आयोजना गरेको ल्होसार महोत्सवमा भएको साँस्कृतिक नृत्य प्रतियोगितामा उहाँले दोस्रो स्थान हाँसिल गर्नुभएको थियो । २०७३ सालमा सिक्लेस युवा क्लबले माघे सक्रान्ति मेलाको अवसरमा आयोजना गरेको महिला भलिवल प्रतियोगितामा उहाँको समुहले दोस्रो स्थान हाँसिल गरेको थियो ।


यसरी आफूलाई अब्बल दर्जाको खेलाडी, नृत्याङगना आदिको रुपमा चिनाउदै आउनुभएका टिकाले खेलकुद, अध्ययन र नाचगानलाई सँगै अगाडी बढाउनु एकदमै कठिन काम भएता पनि आफनो कामप्रतिको रुचिले गर्दा यी सबैको लागि समय मिलाउँदै आएको बताउनुहुन्छ ।

4 1 vote
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: