ताजा खबर

गुरुङहरुको सबै भन्दा ठूलो देवता प्रकृति नै हो : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

   १० फाल्गुन २०७६, शनिबार २०:५८      3,711 views

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तमू जातिको अरु कुनै देवता नभएको र सबै भन्दा ठूलो देवता प्रकृति नै भएको बताउनु भएको छ ।

तमू प्ये ल्हु संघ केन्द्रिय समितिले आज पोखरामा आयोजना गरेको संघको विस्तृत गुरुयोजना तथा वेभसाइड सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।


प्ये ल्हु संघले महत्वकांक्षी योजना अगाडि सारेको भन्दै सबैको सहयोग र सक्रियताले मात्रै योजना समयमै सम्पन्न हुने उहाँको भनाई रहेको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट र आफनो व्यक्तिगत तर्फबाट प्ये ल्हु संघको योजना कार्यन्वयनमा सधैं सहयोग रहने भन्दै उहाँले गुरुङ जातिको पहिचान जोगाउने हो भने भाषा र संस्कृति जोगाउनुपर्ने बताउनुभयो ।

प्रकृति र वातावरणलाई विनाश गरि निर्माण भएको विकास र पुरानो संस्कृतिलाई नाश गरेर भएको परिवर्तनले अन्तत मानिसलाई दुःख नै दिने भएकोले विकासको नाममा विनाश र परिवर्तनको नाममा पुरानो संस्कार संस्कृतिलाई नर्बिसन उहाँले सबैलाई आग्रह गर्नुभयो ।


तमू प्ये ल्हु संघले आफनो जातिको संस्कार, संस्कृति जोगाउनका निम्ती गरेको अभियान सबैका लागि उद्हारणीय रहेको भन्दै पहिचान सहितको भरिएको पेट र सबैले अधिकार पाएको विकासले मात्रै देश समृद्ध हुने बताउनुभयो ।


अब पहिचानवादीहरु राजनीतिमा लाग्नु भन्दा आदिवासी जनजातिको भाषा संरक्षणमा लाग्नुपर्ने उहाँको भनाई छ । गुरुङ भाषामा लिपिको विकास हुनुपर्ने भन्दै भाषा साहित्यको विकास भए मात्र त्यो जातिको विकास छिटो हुने बताउनुभयो ।


गुरुङ गाउँहरुको नाम पहिलेकै अवस्थामा गुरुङ भाषाबाट राख्न र पुरानो गाउँको नामहरु पहिलाकै पुनःस्थापित गराउन आफूले पहल गर्ने समेत उहाँले बताउनु भयो ।


क्होंला सोंथरको उत्खननको लागि गत वर्ष नै प्रदेश सरकारले ५० लाख बजेट छुटाएता पनि पुरातत्वविद्हरुको अभावमा उत्खनन कार्य अघि बढन नसकेको भन्दै अब पुनः प्रदेश सरकारले क्होंला र आसपासका महत्वपूर्ण क्षेत्रको उत्खनन तथा संरक्षण गर्ने बताउनुभयो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: