
१ अर्ब २५ करोडको लागतमा तमू प्ये ल्हु संघको नयाँ संरचना निर्माण हुने
तमू प्ये ल्हु संघ केन्द्रिय समितिले आज पोखरामा एक कार्यक्रमको आयोजना गरि संघको भावी कार्य योजना सहितको विस्तृत गुरु योजना तथा वेभसाइड सार्वजनिक गरेको छ ।

संघले आगामी १० वर्षभित्र निर्माण सम्पन्न हुने गरि १ अर्ब २५ करोडको लागतमा संघको नयाँ सुविधा सम्पन्न भवन निर्माण गर्ने भएको छ । भवनभित्र तमू जातिको सबै खाले संस्कार र कर्म काण्ड गर्न मिल्ने भवनहरु निर्माण हुनेछ ।
यसका साथै करिब १ हजार सिट क्षमताको सुविधाजनक मल्टिप्रपोज हल तथा सुन्दर पार्क र बगैचा समेत निर्माण हुने आज सार्वजिक गरिएको डिपिआरमा उल्लेख गरिएको छ ।
डिपिआर प्रस्तुत गर्दै इञ्जिनियर बाबुराम भण्डारीले आफूहरुले ९ महिनाको अथक मेहेनतले सो डिपिआर तयार गरेको भन्दै केही कमीकमजोरी भएमा सुझाव दिन समेत आग्रह गर्नुभयो ।
यस्तै आईटी इञ्जिनियर प्रतिमा शर्माले आफूहरुले संघको वेभसाइड मार्फत विश्वभर रहेका तमू प्ये ल्हु संघका सदस्यहरुलाई एकिकृत गर्ने प्रयास गरेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राम्रो कामको शुरुवात एक्लैले मात्र भए पनि गर्नुपर्ने भन्दै प्ये ल्हु संघले बेलैमा राम्रो योजना अघि सारेकोमा धन्यवाद दिनुभयो । देश विदेशका सबै शुभचिन्तकको सहयोगले योजना समयमै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाई रहेको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद द्धय विन्दुकुमार थापा र मनबहादुर गुरुङ तथा पोखरा ११ का वडा अध्यक्ष मोहन बास्तोलाले समेत सम्बोधन गर्नुभएको थियो । संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव हर्क योज तमूले गर्नुभएको थियो ।

कार्यक्रममा तमू प्ये ल्हु संघका आमा समिति तथा भुजुङ युम्पो तमू समाजका आमाहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38