ताजा खबर

अब सिक्लेसमा पनि सूचना केन्द्र

   १९ फाल्गुन २०७६, सोमबार २०:२०      1,523 views

नेपालको एकसय पर्यटकीय गन्तव्य मध्येको एक कास्कीको सिक्लेस गाउँमा निर्मित “सिक्लेस सूचना केन्द्र” को एक समारोहका बीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले समुद्घाटन गर्नुभएको छ ।

सिक्लेस होमस्टे व्यवस्थापन समितिका अध्यक्ष टाईमाया गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले पर्यटन विकास नै सिक्लेस क्षेत्रको समृद्धिको मुख्य आधार रहेको बताउनुभयो ।


साथै सिक्लेससम्मको पिच बाटोको निम्ति प्रदेश सरकारले नियमित बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनु भयो ।


सोही कार्यक्रममा गण्डकी प्रदेशका सांसदद्वय मनबहादुर गुरुङ र चन्द्रमोहन गौचनको समेत उपस्तिथि रहेको थियो भने मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ “श्याम” ले मादीको समृद्धिको प्रमुख आधार भनेकै पर्यटन र जलविद्युत रहेको कुरा औल्याउनु भयो ।


सोही अवसरमा उहाँले सिक्लेस, क्हफुच्ये हिमताल, क्होंला सोंथर र कोरिको विकासको निम्ति आफू सदैव लागिरहने र त्यसको लागि विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भईसकेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि लगायतका विशिष्ट अतिथिहरुलाई सिक्लेस होमस्टेको तर्फबाट सिक्लेसमा निर्मित मायाको चिनो प्रदान गरिएका थिए भने सिक्लेस आमा समूह र सिक्लेस होमस्टेको तर्फबाट विविध साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो ।

सिक्लेस होमस्टेका सचिव पदमबहादुर गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा वडाध्यक्ष सुरजकुमार गुरुङले पर्यटन विकासका बारेमा आफनो धारणा राख्नुभएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: