
सिक्लेस युवा क्लबद्धारा युवाहरुका लागि लागु औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
सिक्लेस युवा क्लबको आयोजनामा एक दिने लागु औषध सम्बन्धी सचेतना कार्यक्रम सिक्लेसमा सम्पन्न भएको छ ।

मादी गाउँपालिका वडा नं. १ को आर्थिक सहयोगमा क्लबले आफना युवा सदस्यहरुका लागि सो तालिमको आयोजना गरेको हो ।

मादी १ का वडा अध्यक्ष सुरजकुमार गुरुङको प्रमुख अतिथ्यितामा भएको कार्यक्रमको अध्यक्षता सिक्लेस युवा क्लबका अध्यक्ष पदमबहादुर गुरुङको अध्यक्षतामा भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष गुरुङले युवाहरुलाई लागु औषधबाट टाढा राखेर विकास निर्माणको काममा प्रेरित गराउने उद्देश्यले आफूहरुले क्लबलाई सो कार्यक्रमको निम्ति सहयोग गरेको बताउनु भयो ।

तालिममा सिक्लेस र पार्चेका गरि ९० जना युवाहरुको सहभागिता रहेको क्लबका उपाध्यक्ष देवीजंग गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा शिव न्यौपाने, झलकप्रसाद पौडेल र गेहेन्द्र गुरुङले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा क्लबका उपाध्यक्ष देवीजंग गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38