ताजा खबर

योगेश गुरुङद्धारा गुरुङ साहित्यिक मञ्च नेपालको अक्षयकोषमा थप ५० हजार रकम प्रदान

   २१ फाल्गुन २०७६, बुधबार १८:२७      1,409 views

गुरुङ साहित्यिक मञ्च नेपालको नियमिति बैठक पोखरामा सम्पन्न भएको छ । मञ्चकी अध्यक्ष गौरी तमूको अध्यक्षतामा सम्पन्न भएको बैठकले आगामी चैत्र २१ गते सम्पन्न हुन गईरहेको मञ्चको तेस्रो स्थापना दिवस मनाउने सन्र्दभमा विशेष छलफल गरेको छ ।

मञ्चले स्थापना दिवसको अवसर पारेर आयोजना गर्न लागेको कविता प्रतियोगितामा कविता पठाउनका निम्ती पुनः देश विदेशका सबै तमू कविहरुलाई आह्वान गरेको छ । प्रतियोगिहरुले १५० शब्दमा नबढाई कविता पठाउनुपर्ने छ ।


कवितामा कुनै पनि राजनैतिक पूर्वाग्रह, गाली गलौज, साम्प्रदायिक सद्भाव खलल गर्ने विचार र अश्लील शब्दहरुको प्रयोग गर्न पाइने छैन । कविता गुरुङ या अङ्ग्रेजी भाषामा समेत पठाउन सकिनेछ तर उक्त कवितालाई नेपाली भाषामा अनुवाद गरी पठाउनुपर्ने छ ।


कविहरुले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचयसहित सम्पर्क ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख गरी गुरुङ साहित्यिक मञ्च नेपालको इमेल [email protected] मा आगामी चैत ७ गतेभित्र पठाईसक्नु पर्नेछ ।

यथासम्भव प्रतियोगी कवि स्वयं उपस्थित भई कविता वाचन गर्नुपर्ने छ । विदेशको हकमा कविता छनौट भएको जानकारी हुनासाथ प्रतियोगी कविले कविता वाचन गरि समयमै पठाउनुपर्ने छ । वा प्रतिनिधि उपस्थित भएर समेत कविता वाचन गर्न सक्नेछन् ।


विजयी कविहरुलाई चैत २१ गते मञ्चको तेस्रो स्थापना दिवसको अवसरमा पुरस्कृत गरिनेछ ।
प्रतियोगितामा प्रथम पुरस्कार रू.१० हजार, द्वितीय पुरस्कार ७ हजार, तृतीय पुरस्कार ५ हजार र सान्त्वना पुरस्कार ३ हजार नगद पुरस्कार प्रदान गरिने मञ्चकी अध्यक्ष गौरी तमूले जानकारी दिनुभयो ।


यसैबीच मञ्चका सल्लाहकार तथा अक्षयकोष दाता योगश गुरुङद्धारा स्थापना गरिएको अक्षयकोषमा थप ५० हजार रकम प्रदान गरिएको छ ।


यसअघि नगद १ लाख रुपैंया प्रदान गरिएको कोषमा थप ५० हजार प्रदान गरिएको हो । सोहि अक्षयकोषको व्याजबाट यसवर्षदेखि मञ्चले कविता प्रतियोगिता आयोजना गरेको छ ।

मञ्चको बैठकमा उपस्थित भएर सल्लाहकार तथा अक्षयकोष दाता गुरुङले नगद प्रदान गर्नुका साथै स्थापना दिवस कार्यक्रमका लागि केक समेत प्रयोजन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

1 1 vote
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: