ताजा खबर

मेलिना राईले क्रिसमसका दिन कल्चर रिसोर्टमा प्रस्तुती दिने

   ७ पुष २०७५, शनिबार ०७:०२      1,025 views

पोखराको सेदीमा अवस्थित कल्चर रिसोर्टले क्रिसमसको अवसर पारेर विशेष सांगितिक कार्यक्रम गर्ने भएको छ । २५ डिसेम्बर अर्थात पौष १० गते रिसोर्टको प्राङ्गणमा कार्यक्रम हुने रिसोर्टका प्रबन्ध निर्देशक प्रकाश कार्कीले बताए । खाना र मनोरञ्जन एक साथ पस्कदै पारिवारिक माहौलमा ग्राहकलाई सन्तुष्टी प्रदान गर्न कार्यक्रम गर्न लागिएको कार्कीले बताए ।


कार्यक्रममा ख्यातीप्राप्त गायिका मेलिना राई, कमेडियन राजा राजेन्द्र पोखरेल लगायतका कलाकारहरुको प्रस्तुती रहने रिसोर्टका प्रबन्धक सोभित ठकुरीले जानकारी दिए । उक्त अवसर पोखरा म्युजिकल ग्रुपको साँस्कृतिक सांगितक कार्यक्रम पनि आकर्षण रहने भएको छ । साथै एसओएसमा अध्ययनरत छात्राहरुको सारङ्गी बादन पनि कार्यक्रममा समाबेश गरिने रेशम कुमालले बताए । कार्यक्रममा प्रबेशका लागि उक्त दिन ७ सय रुपैया प्रबेश शुल्क तोकिएको छ । अग्रिम बुकिङ गर्नेहरुले रु ५ सयमा उक्त टिकट प्राप्त गर्न सक्नेछन् । टिकटमा पेय पद्धार्थ प्रदान गरिने प्रबन्धक ठकुरीले जानकारी दिए ।

0 0 vote
Article Rating

आजको खबर

मिलन तमू / युके तमू धीं यूकेको भवन मिचेटमा डा. स्व.हर्क ल्हेगे गुरुङ र डा. स्व.चन्द्रप्रसाद कोन्मै गुरुङको स्मृति दिवस मनाइएको छ । कोभिड १९

अझै पढ्नुहोस्

पोखरामा शनिवार एक समारोहका बीच धर्म–अर्थ–काम र मोक्ष विषयक विचार गोष्ठी सम्पन्न भएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले संविधान दिवसका दिन साधारण सभा,

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: