ताजा खबर

फोटो पत्रकार मिलन तमूको पहलमा पत्रकार राजबहादुर गुरुङलाई ३ लाख ५६ हजार सहयोग

   २६ फाल्गुन २०७६, सोमबार १९:४०      872 views

पोखराका वरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई युके निवासी फोटो पत्रकार मिलन तमू र समाजसेवी अन्तिम गुरुङको पहलमा संकलन गरिएको ३ लाख ५६ हजार रकम आज हस्तान्तरण गरिएको छ ।

पत्रकार राजबहादुर गुरुङ हालै मिर्गौल प्रत्यारोपण पश्चात घरमै स्वास्थ्यलाभ गरिरहनु भएको छ । उहाँको थप औषधी उपचारमा सहयोग पुगोस भन्ने हेतुले युकेमा फोटोपत्रकार मिलन तमूको पहलमा मि न्होर्बै ट प्रदर्शन गरि संकलन गरिएको १ लाख ५६ हजार तथा समाजसेवी अन्तिम गुरुङको पहलमा संकलन गरिएको २ लाख रुपैंया गरि कूल ३ लाख ५६ हजार रकम आज बिहान् उहाँकै निवासमा पुगेर अभियान्त मिलन तमूले हस्तान्तरण गर्नुभयो ।


वरिष्ठ पत्रकार राजबहादुर गुरुङ मिर्गौल पीडित भई उपचाररत रहेको र सहयोगका लागि फोनिजका अध्यक्ष डण्ड गुरुङले आन्तरिक रुपमा सहयोगको आग्रह पश्चात आफुहरुले युकेमा शुभचिन्तकहरु बीचमा आन्तरिक रुपमै संकलन गरिएको रकम स्वास्थ्य लाभको सगुन स्वरुप सहयोग हस्तान्तरण गरिएको वरिष्ठ फोटो पत्रकार मिलन तमूले बताउनुभयो ।

मिर्गौलको सफल प्रत्यारोपण पश्चात निवासमै रही साप्ताहिक रुपमा नियमित स्वास्थ्य परिक्षणमा रहनु भएका वरिष्ठ पत्रकार राजबहादुर गुरुङले सहयोगीहरुलाई धेरै धेरै धन्यवाद दिनुहुदै आपूm अचानक जस्तै मिर्गौल पीडित भई उपचारमा रहदा सबैको साथ सहयोग र आर्शीवादले प्रत्यारोपण सफलसँगै त्यसपछि पनि स्वास्थ्यमा नियमित सुधार हुँदै आएको जानकारी दिनुभयो । मिर्गौल प्रत्यारोपण पश्चात निकै महंगो १३ वटा औषधी दैनिक सेवन गर्नु परेको उहाँले बताउनुभयो ।


सहयोग रकम हस्तान्तरण कार्यक्रममा अभियन्ता वरिष्ठ फोटो पत्रकार मिलन गुरुङको साथमा सहारा युकेका सल्लाहकार, फोक्स्टोन नेप्लिज सोसाईटी युकेका पुर्व अध्यक्ष वरिष्ठ समाजसेवी चन्द्रबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष तथा रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ, तमू संचारकर्मी संघ नेपालकी महासचिव तथा पत्रकार रोशनी गुरुङ, तमू धीं नेपालका कार्यवाहक अध्यक्ष तथा पत्रकार हुमबहादुर गुरुङको उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: