ताजा खबर

लैङ्गिक हिंसा विरुद्ध एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

   २८ फाल्गुन २०७६, बुधबार १८:४८      1,042 views

मिना थापा मगर

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को सन्दर्भ पारेर लैङ्गिक हिंसा विरुद्ध एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

महिला मानव अधिकार रक्षक संजाल कास्की र प्रतिभा आमा समूह पोखरा–१४ को संयुक्त आयोजना तथा पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं. १४ का वडा अध्यक्ष प्रेमबहादुर कार्की रहनुभएको थियो ।


प्रमुख अतिथि कार्कीले एक्काइसौं शताब्दीमा पनि लिङ्गको आधारमा हिंसा गर्न नहुने भन्दै महिला र पुरुषमा समान कामको समान ज्याला पाउनुपर्ने बताउनुभयो । नेपाल सरकारले पनि यो वर्षलाई लैङ्गक हिंसा विरुद्धको अभियान वर्ष घोषणा गरेको हुनाले पोखरा महानगरपालिका वडा नं. १४ लाई हिंसारहित वडा बनाउने प्रतिबद्धता जनाउनुभयो ।


महिला मानव अधिकार रक्षक संजाल कास्कीका अध्यक्ष तारामाया थापा मगरले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्नुहुँदै यो खालको अभियान दिवसीय कार्यक्रम मात्र नभइकन ३६५ दिन नै लैङ्गिक हिंसा र महिला हिंसाको विरुद्ध अभियानमा क्रियाशिल रहेको बताउनुभयो ।

कार्यक्रममा महिला सशक्तिकरणमा पुरुषको भूमिका बारे टालीका अध्यक्ष छवी गौडेलले प्रशिक्षण दिनुभएको थियो भने लैङिगक हिंसा विरुद्धमा अनौपचारिक सेवा केन्द्र (इन्सेक) का अधिकृत सवनम शर्मा र लैङिगक हिंसामा तनाव व्यवस्थापन विषयमा महिला मानव अधिकार रक्षक संजाल कास्कीका कोषाध्यक्ष विना पुनले प्रशिक्षण दिनुभएको थियो ।


प्रतिमा आमा समूहका अध्यक्ष रितु खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव राधा वलीले गर्नभएको थियो भने स्वागत मन्तव्य महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका सदस्य गुना गुरुङले गर्नुभएको थियो । कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: