
बाख्रा बेचर वर्षेनी ५ लाख कमाउँछन पसगाउँका हिरासिंह गुरुङ
रोशनी गुरुङ
विदेशमा कमाएको धनले खासै उभो नलागेपछि पसगाउँका हिरासिंह गुरुङ आफनै गाउँमा केही गर्ने सोंचका साथ फर्किनुभयो ।

अहिले उहाँ बिहानदेखि बेलुकीसम्म आफूले पालेको खसी बोकासँग रमाउनु हुन्छ । त्यही बाख्राको स्याहार सुसार गर्दैमा उहाँको दिन बित्छ ।
लमजुङको क्होंला सोंथर गाउँपालिका वडा नं. ६ पसगाउँमा हिरासिंह गुरुङको प्रगतिशिल बाख्रा फार्म छ । मासुको प्रायोजनका निम्ती मात्रै पालिएको उहाँको बाख्रा फार्ममा साना ठूला गरि ५० वटा भन्दा बढी बाख्राहरु छन् ।
रोजगारको शिलशिलामा भारतमा ८ वर्षसम्म बस्दा पनि खासै आर्थिक परिवर्तन गर्न नसकेपछि उहाँ आफनै गाउँ ठाउँमा भविष्य खोज्नका निम्तिी फर्किनुभएको थियो ।

विगत ३ वर्षदेखि भने हिरासिंहको दिनचर्य बाख्रासँगै उठबस गर्दै बितेको छ । १ लाख ६६ हजारको पुँजीबाट उहाँले यो फार्म शुरु गर्नुभएको थियो । अहिले उहाँ लाखौं रुपैंयाको मालिक बन्नु भएको छ ।

फार्मबाट बाख्रा बेचेर वार्षिक ५ लाख रुपैंया सजिलै आम्दानी हुने उहाँले बताउनुभयो । उहाँको यो काममा श्रीमतीले पनि साथ दिदै आउनुभएको छ । दिउँसो स्थानिय पसगाउँ ठाँटी मा.वि.मा अध्ययपन गराउने उहाँकी श्रीमती बिहान् बेलुकी भने श्रीमानको काममा साथ दिनुहुन्छ ।

यो फार्ममा अहिले खरी, नर, सिनाल जातको बाख्रा रहेका छन । बाख्रालाई गाउँमा पाइने घाँस पात बाहेक दाना र चोकर समेत खुवाउने सञ्चालक गुरुङले बताउनुभयो ।
गाउँमै खसीको मासु बिक्री गर्नुपर्दा धार्नीको १५ सय रुपैंया केजीमा सजिलै बिक्री हुन्छ । त्यस बाहेक १० वटा भन्दा बढी खसी बोका बेचनु परेमा व्यापारीले घरै लिन आउने समेत उहाँले बताउनुभयो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38