ताजा खबर

याङजाकोट तमू समाजका पूर्व अध्यक्ष स्व.दलबहादुर गुरुङको प्रेरणादायी जीवन कथा

   ८ चैत्र २०७६, शनिबार १६:५५      883 views

रोशनी गुरुङ


कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङजाकोट देउरालीमा वि.सं.२००२ सालमा बाबा स्व.गञ्जसिंह गुरुङ र आमा स्व.सकुनादेवि गुरुङको एक मात्र सन्तानको रुपमा जन्मिनु भएका ह.ले.स्व.दलबहादुर गुरुङ याङजाकोट तमू समाजका पूर्व अध्यक्ष हुनुहुन्छ ।


१२ वर्षको कलिलो उमेरमै पठनपाठनका निम्ति भारत जानुभएका दलबहादुर गुरुङको पढाई अत्यन्तै राम्रो भएकाले पढाई सकिएपछि त्यहाँ नै नाईमा भर्ती हुनुभएको थियो । जीवनको अधिकांश समय परदेशमै बिताउनु भएका उहाँले घरमा बिताएको समय भने सबै समाज सेवामा खर्च गर्नुभयो ।


वि.सं.२०३० साल मंसीर १६ गते याङजाकोटकै सानउनेपानी निवासी दुर्गामाया गुरुङसँग मागी विवाह गर्नुभएका दलबहादुरको चार जना छोरी र एक जना छोरा हुनुहुन्छ ।
२०५० सालमा उहाँको परिवार याङजाकोटबाट पोखरा झरेको थियो । हाल पोखरा १२ ढिकालेथरमा उहाँको परिवारको स्थायी बसोबास छ ।


आर्मी जीवनको सम्मानित पद हनेरी लेफटिनेनमा सेवा निवृत्त हुनुभएका उहाँ पेन्सन आएपछि करिब ४ महिनामात्रै नेपालमा बसेर रोजगारको शिलशिलामा जर्मन जानुभयो त्यहाँ ५ वर्ष बसेर फर्केपछि याङजाकोट तमू समाजमा उहाँले सचिव पदमा बसेर काम गर्नुभयो ।


त्यसपछि पुन उहाँ वैदेशिक रोजगारीकै शिलशिलामा जापान जानुभयो । यसपटक करिब ७ वर्ष जापानमा बसेर उहाँ सधैका लागि नेपाल फर्किनुभयो । नेपाल फर्किए लगत्तै उहाँ याङजाकोट तमू समाजको अध्यक्ष भएर फेरि सामाजिक काम सुरु गर्नुभयो ।


त्यसयता करिब ८ वर्षसम्म निरन्तर रुपमा याङजाकोट तमू समाजको अध्यक्ष भएर काम गरिरहँदा उहाँले थुप्रै सम्झना लायक कामहरु समाजमा गर्नुभयो ।


यसअघि सचिव हुँदा नै समाज घरको जग बसाल्ने अर्थात पहिलो तल्लाको निर्माण काममा महत्वपूर्ण भूमिका निर्वाह गरिसक्नुभएका दलबहादुर गुरुङले समाजमा आफै अध्यक्ष भएपछि भने समाजघरको माथिल्लो तल्ला थपेर समाजलाई अझै फराकिलो र व्यवस्थित बनाएर महत्वपूर्ण कामको सुरुवात गर्नुभयो ।


त्यसलगत्तै समाजको लागि थप जग खरिद गरेर सिङ्गो समाजलाई नै समृद्ध बनाउन महत्वपूर्ण मिका निर्वाह गर्नुभयो । त्यही समयमा समाजलाई आर्थिक अभावभएपछि समाजका सदस्यहरुलाई संरक्षक परमसंरक्षक आदि पद सृजना गरेर उनीहरुको दान रकम आधारमा संरक्षक सदस्यहरु थप्दै गएपछि समाज फेरि बिस्तारै आर्थिक रुपमा बलियो हुँदै गयो ।


उहाँकै कार्यकालमा समाजका प्रत्येक घरका आमाहरु साक्षर हुनुपर्छ भन्ने मान्यताले पौढ कक्षा सञ्चालन भयो । त्यसले आमाहरुमा अक्षर चिन्नका लागि धेरै मद्दत पुग्यो ।


समाजमा सबै तहका मान्छेहरु आ–आफनो सर्कलमा संगठित हुनुपर्छ भन्ने मान्यताले उहाँले आफनै कार्यकालमा याङजाकोट तमू समाज युवा समितिको पनि पहिलो पटक गठन गर्नुभयो ।
यस्ता अन्तिन्ती कामहरु उहाँले आफनो आठ वर्षे कार्यकालको दौरानमा गर्नुभयो । पोखरामा मात्रै होइन गाउँमा पनि थुप्रै विकास निर्माणका कामहरु उहाँले गर्नुभयो ।


याङजाकोटमा पहिलेदेखि नै उच्च शिक्षा हाँसिल गर्न धेरै कठिनाई रहेको कुरा सबैलाई जगजायर नै थियो तर यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा कसैको ध्यान पुग्न नसकि रहेको बेला उहाँकै जोडबलमा सिताराम मा.वि.ले कक्षा १२ सम्मको अध्ययपन गर्ने अनुमति पायो त्यो पनि उहाँको सामाजिक जीवनमा एक महत्वपूर्ण सफलताको पाटो थियो ।


यसरी विद्यालयले अध्ययपन अनुमति पाएसँगै विद्यालयमा शिक्षकहरुको तलब भत्ता र विद्यालयको आन्तरिक स्रोत व्यवस्थापनको लागि आर्थिक अभाव सुरुभएपछि उहाँले आफनै नेतृत्वमा याङजाकोट तमू समाज पोखरामा साताव्यापी महायज्ञको आयोजना गर्नुभयो ।

लामो समयसम्मको तयारी दौडधुप धेरै जनशक्ति परिचालन गर्नुपर्ने समस्य र राम्रो आर्थिक संकलन गर्नुपर्ने चुनौतीहरुका बीच सबैको साथ र सहयोगले उहाँले अत्यन्तै कठिन तर महत्वपूर्ण योजना सम्पन्न गरि विद्यालयको लागि करिब १ करोड रुपैंयाँ संकलन गरिदिनुभयो यसले दलबहादुर गुरुङलाई सामाजिक काममा थप उचाईमा पुरयाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरयो ।
खास गरि गाउँमै बालबालिकाहरुले अङग्रेजी माध्यमबाट पठनपाठन गर्न पाउन र विद्यालयमा कम्प्युटर शिक्षाको पढाई होस् भन्ने उहाँको ठूलो चाहाना थियो ।


याङजाकोट गाउँको विकासका निम्ति सधै गाउँमा केहि गरौ भन्ने भावनाले उहाँ परदेशमा भएपनि पोखरामा भएपनि सताई रहनथ्थ्यो । वि.सं. २०५५ सालमा डाँफे कला मन्दिरका निर्देशक संस्कृतीकर्मी क्या.स्व.मिनबहादुर गुरुङ (डाँफे बाजे) सँगको सहकार्यमा याङजाकोटकै ले.मिनबहादुर गुरुङ (गोरे साब) र उहाँको नेतृत्वमा याङजाकोट चिनारी नामक वृत्तचित्र निर्माण भयो ।


भिडियोग्राफीको जमाना खासै नभएको तत्कालीन समयमा उहाँहरुले याङजाकोटमा करिब एक महिनासम्म सुटिङ टोलीलाई राखेर गाउँको कला संस्कृतिलाई भिडियोमा कैद गर्ने र देश विदेशमा याङजाकोटलाई चिनाउने काम आफनै व्यक्तिगत लगानीमा सम्पन्न गर्नुभयो ।


वरिपरिको कुनैपनि छिमेकी गाउँहरुमा गाउँ चिनारी गीत नबनेको अवस्थामा उहाँहरुले उक्त वृत्तचित्र (डकुमेन्ट्री)मा याउजु नासा छयाँरीबा बोलको गीत र हेर्बे पोरेटा थुसी सिँती फिरा ख्याँसीर बोलको गीत मार्फत याङजाकोट गाउँलाई देश विदेशमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
याङजाकोट पोखरा जोडने मुख्य बाटो कसेरी भैसे थुमाको डाँडा मोटरबाटोको लागि अति नै आवश्यक रहेको मादी नदीमा तत्कालिन अवस्थामा पक्की पुल नबन्दासम्म स्थानियले बर्खाको समयमा यात्रा गर्न हरेक वर्ष कठिनाई झेल्दै आउनु परेको सबैलाई सर्वबिदिदै भएको कुरा हो ।
यही कठिनाईलाई मध्यनजर गर्दै उहाँले याङजाकोट तमू समाजका पूर्व अध्यक्ष सु.स्व.इन्द्रप्रसाद गुरुङ (नादा)सँग मिलेर उहाँहरु दुई जनाको व्यक्तिगत लगानीमा ३ लाख रुपैंयाको लागतमा अस्थाई फलामको पुल निर्माण गरेर स्थानयीको आवात जावातमा महत्वपूर्ण सहयोग गर्नुभएको थियो ।


साथै उहाँले याङजाकोट गाउँमा एक घर धाराको अवधारणा सहित याङजाकोटका समाज सेवीहरु क्या.पूर्ण ह्योल्मो गुरुङ र शेरकाजी गुरुङसँग मिलेर धेरै पहल गर्नुभयो । उहाँले त्यतिबेला देख्नुभएको सपना आज साकार भएको छ । फलस्वरुप आज याङजाकोट गाउँका जनताले एक घर एक धाराको उपभोग गरिरहेका छन ।


त्यसको अलाव गाउँमा विजुली बत्ती बाल्न र अहिले चालु रहेको सुविधा युक्त स्वास्थ्य चौकी निर्माण गर्न उहाँले रातदिन नभनी लाग्नु भयो । उहाँले देख्नु भएको विकासको सपना र योजनाहरु आज सबै पुरा भएका छन । यसले पनि उहाँ जुन लोकमा भएता पनि आफूले देखेको सपना पुराभएकोमा उहाँको आत्माले शान्ति र खुसी प्राप्त गरेको छ भन्नेमा कसैको दुई मत नहोला ।


जीवनको अन्तिम समयतिर उहाँ क्होला परिवार याङजाकोटको पनि संस्थापक अध्यक्ष बन्नुभयो । याङजाकोटमा रहेका क्होला परिवारहरुलाई एकजुट गराउने, एकअर्काको सुख दुःखमा साथ दिने र सबैमा भाइचाराको सम्बन्ध कायम गराउने उद्देश्यले उहाँकै नेतृत्वमा २०७० सालमा क्होला परिवार याङजाकोटको स्थापना भएको थियो । तर दुःखको कुरा उहाँले यस संस्थालाई राम्रोसँग मलजल र स्यहार सुसार गर्न नपाई बीचैमा छोडेर जानुभयो ।


उहाँले देखाउनु भएको यो बाटोमा अब आउने दिनका सन्ततीहरु अविचलित रुपमा हिड्ने छ भन्ने आशा गर्न सकिन्छ ।


हाम्रो समाजमा आर्थिक रुपमा धेरै सम्पन्न मान्छेहरु बस्छन तर सबै सम्पन्न मान्छेहरुको साेंचमा समाजलाई केही गरौ भन्ने हुँदैन । स्व.दलबहादुर गुरुङ एउटा त्यस्तो व्यक्ति हो जसले आफनो पसिनाले कमाएको सम्पत्तिलाई पनि कहिल्यै आफनो मात्रै सम्झिनु भएन उहाँले आफनो कमाईको धेरै जसो हिस्सा गाउँ र समाजको हितको निम्ति खर्च गर्नुभयो । जसबाट उहाँले सामाजिक काम मात्र गर्नुभएन अपार पुण्य कमाउनुभयो । त्यसैले त उहाँ सधै हाँसिलो, जोसिलो र फूर्तिलो देखिनु हुन्थ्यो । उहाँलाई देखेपछि छेउछाउमा रहेका अरु मानिसलाई पनि छुटै जोस जाँगर बढेर आउँथ्यो । आफूले हात हालेको कुनै पनि काम उहाँले सफल बनाएर छोडनुहुन्थ्यो ।


त्यसकारण पनि गाउँ समाजमा सबैले मान्ने पत्याउने र विश्वास गर्ने पात्रको रुपमा उहाँले आफनो परिचय बनाउनुभयो । इतिहास भनेको जहिल्यै असल र राम्रो काम गर्नेहरुकै लेख्ने हो । त्यसकारण उहाँ पनि हामी सबैको लागि एउटा महत्वपूर्ण इतिहास, महत्वपूर्ण किताब बन्नु भएको छ । जसलाई पढेर आउने दिनमा सबैलाई अझ असल काम गर्न प्ररेणा मिल्ने छ ।

यीनै पुण्य कामहरुकै परिणाम स्वरुप २०७२ साल वैशाख २१ गते वैशाख पूर्णिमाको पुण्य तिथिमा उहाँ हामी सबैलाई छोडेर पितृहरुको काखामा लीन हुनुभयो ।
यो समाजमा अझै पनि उहाँको भूमिका धेरै ठाउँमा आवश्यक थियो । समाजसेवा गर्दै र सिक्दै गरेका धेरै नयाँ पुस्ताले उहाँसँग अझै धेरै कुरा सिक्नुपर्ने थियो तर मानिसको जीवनसँगै मृत्य पनि जोडिएर आएको हुन्छ । र हामीले कसैको मृत्युलाई टार्न सक्दैनौ ।

अन्नत उहाँले यो संसारिक माया मोहलाई त्यागेर जानुभयो । उहाँको विदाईको अन्तिम घडीमा उर्लिएको जन सागरले यो सिद्ध गरथ्यो कि उहाँ यो समाजका लागि कति आवश्यक र प्रिय हुनुहुन्थ्यो ।

उस्तै खबर

0 टिप्पणी

avatar
  Subscribe  
Notify of


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
%d bloggers like this: