ताजा खबर

मेयर साप पोखरालाई कोरोनारहित महानगर घोषणा गरौं

   १४ चैत्र २०७६, शुक्रबार १८:५१      1,286 views

हुमबहादुर गुरुङ / कार्यबाहक अध्यक्ष, तमु धिं नेपाल

हुमबहादुर गुरुङ

नयाँ जन्मने भाइरसले अनेकन समस्याहरु निम्त्याउने गरिरहेको छ। अहिले महामारीको रुपमा फैलिएको नोवल कोरोना, सबै भन्दा पछिल्लो शक्तिशाली भाइरसको रुपमा क्रियाशील छ।

भाइरसको भाइखलकमा आधुनिक युगको प्रविधिले सुसज्जित पछिल्लो सन्तानको रुपमा जन्मेर ताण्डब नृत्य नचाइरहेको छ,कोरोनाले। जसको औषधि नै बनेको छैन, आशा गरौं छिट्टै नै ओखती बन्नेछ।विगतमा यस्तै भाइरसहरु एचआइभी, सार्स, स्वाइन फ्लु विभिन्न नामबाट समस्याको रुपमा थिए।

चिनको वुहानमा सन् २०१९ डिसेम्बर १० तारेखमा पहिलो पटक देखा परेको कोभिड–१९ कोरोना भाइरसले अहिले संसारमा आतंक नै मच्चाईरहेको छ। २४ हजार भन्दा बढीको ज्यान लिईसकेको छ,१९ हजार भन्दा बढी अन्यन्त सिरियस अवस्थामा रहेका छन भने करिब साढे ५ लाखको हाराहारीमा संक्रमित बनाएको छ।

भाइरस संक्रमणबाट बच्नका लागि सावधानी, सर्तकता, सचेतना, स्वअनुशासन जरुरी छ।भाइरस शुरु भएको चिनमा सरकारको संवेदनशीलता, पहल र अनुशासित नागरिकका कारण महामारीको रुप धारण गरे पनि करिब करिब नियन्त्रणमा आइसकेको दावी गरिएकोछ।

उक्त भाइरसबाट सबैभन्दा बढी इटालीमा ८ हजार २ सय १५, स्पेनमा ४ हजार ३ सय ६५ र चिनमा ३ हजार २ सय ९२ जना मृत्यु भएको ताजा तथ्यांक्क छ। उसो त संक्रमित हुनेमा अमेरिकाले सबैलाई उछिन्दै ८५ हजार ३७७, चिनमा ८१ हजार ३४० र इटालीमा ८० हजार ५८९ पुगेको छ।

संक्रमणबाट मुक्त हुनेमा चिनमा ७४ हजार ५८८, इरानमा १० हजार ४५७ र इटाली १० हजार ३६१ रहेका छन्। इटाली, स्पेनमा अलि हेलचक्र्याई गरियो रे त्यसैले मृत्युदर धेरै बढ्यो भन्ने सुनिन्छ। अब चिनबाट नेपाल र नेपालीले पाठ सिक्नुपर्दछ इटाली, स्पेन, इरानहरुका घटनाक्रमहरुबाट सतर्कता अप्नाउनुपर्दछ।

नेपालको छिमेकी मुलुक भारतमा ७२७ जना संक्रमित भएकोमा २० जनाको कोरोनाबाट ज्यान गएको छ भने पछिल्लो चौबिस घण्टाभित्र ८ जनाको मृत्युले नेपाल र नेपालीले अझ सोच्नुपर्ने अवस्था छ। नेपालमा पनि ३ जना संक्रमित मध्ये एक जना आइसोलेशनबाट घर फर्किसकेको छ भने २ जना अझै आइसोलेशनमै रहेकाछन।

उडेर आएका संक्रमितहरु गुडेर गाँउघर पुगेनन् भन्न कहाँ सकिन्छ र । महामारी फैलिएको मुलुकहरुबाट नेपाल फर्केकाहरु देशैभर पुगेकाछन्।बिमानस्थल र नेपाल प्रवेशद्धारहरुमा समयमै न्युनतम सावधानी समेत सरकारले अपनाउन नसक्दा संक्रमितहरु नेपालमा छैनन भन्न सकिदैन, बरु परिक्षणको समस्या भएको सुनिन्छ। चैत्र ४ गते फ्रान्सबाट कतार एयरवेज हुदै नेपाल आएकी युवती संक्रमित भएको पुष्टि पश्चात ढिलै भएपनि चैत्र ११ गते मंगलवारबाट १८ गते मंगलवारसम्म नेपाल सरकारले लकडाउनको घोषणा गरेको छ।

संक्रमित युवती सवार एयरवेजका १५८ यात्रु मध्ये १२५ पहिचान मात्र भएको र उनीहरु सबैलाई क्वारेण्टाइन वा आइसोलेशनमा अझै राख्न सकेको छैन।सरकारको संयन्त्र पनि उस्तै, उक्त जहाज सवार सम्बन्धित यात्रुहरु पनि स्वसम्पर्कमा आउनुपर्नेमा नआएकाले कोरोनाको त्रासदी बढेको छ। नेपालमा पहिलो पटक सुनिएको आयतित नाम लकडाउनबारे जनता सुसूचित भएनन्, नेपाल बन्द जस्तो ठाने जस्तो छ। सरकारले पनि लकडाउन घोषणा गर्नु तयारी गर्न पनि भ्याएन र नागरिकले गर्नुपर्ने बन्दोबस्तीको समेत अवसर नपाएको गुनासाहरु सुनिएकाछन। जनताका समस्यामा सरकार गम्भीर बन्नुपर्ने नै होला।

महामारीको संकटकालिन अवस्थामा लकडाउन घोषणा गरेको संघीय र प्रदेश सरकार अनि स्थानिय सरकारले अभिभावकत्व ग्रहण गर्न सक्नुपर्दछ, कोरोना रोकथाम तथा नियन्त्रणका लागि तत्क्षण कार्यक्रम, अभियानहरु अघि बढाउनुपर्दछ। साँचो अर्थमा तिन तहको सरकारमा मुलुक हाँक्ने अर्थात नेतृत्व गर्ने नैतिक हैसियत देखिनु जरुरी छ।

संघीय ओली सरकार, प्रदेश गुरुङ सरकार र महानगर जिसी सरकार लगायतले घरभित्रै बसौं, हात सावुन पानी धोऔं, सेनिटाइजर प्रयोग गरौं,….. नम्बरमा सम्पर्क गर्नुहोला लगायत आदि आदि… सन्देशले मात्र कोरोना भाइरसको महामारी रोकथाममा सार्थकता कति पाउला हेर्न बाँकी नै छ।

विहीवार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङज्यु र पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीज्युले महानगर कार्यालयतिरबाट किटनाशक औषधि छर्न शुरु गर्नुभएछ। सय लिटर मात्र किन पोखरा र प्रदेशका शहर बजारहरु सबै ठाउँमा यस्ले निरन्तरता पाउनुपर्दछ।

हामी बसोबास गर्ने प्रदेश राजधानी पोखरालाई सेनिटाइज्ड किन गर्न खोजिदैन ? लकडाउन घोषणा गरेर घरबाट ननिस्क भन्ने सरकार र जनप्रतिनीधिहरु मोवाइलमा तास, लुडो खेलेर हुन्छ ? नागरिकलाई सेनिटाइजर प्रयोग गर, बारम्बार साबुन पानीले हात धोऔं लगायतका आग्रहसहित विज्ञप्ति, सुचना, सन्देस प्रवाह गरिरहेर मात्र हुन्छ र ?जनतालाई साबुन पानीले हात धोउ भन्न नथाक्ने स्मार्ट पोखरा महानगरपालिकाका मेयर पोखरालाई दैनिक साबुन पानीले पखाल्न सकिदैन ? अहिले क्वारेण्टाइन निर्माणमा अलि बढी ध्यान लगाए जस्तो छ।समन्वय गर्नुस सहयोग गर्न सबै तयार छन्।

क्वारेण्टाइनका लागि तयारी पनि गर्नु नै पर्दछ, त्यसका लागि तमु धिं नेपालसँग मात्र आफ्ना क्षेत्रिय समाजहरुमा ५ हजार भन्दा बढी व्यवस्थापन गर्न सक्छौं तमु धिंले आवाश्यक परे उपलब्ध गराउने निर्णय मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङज्युलाई हस्तान्तरण गरिसकिएको छ।

सबैलाई थाहा भएकै कुरा हो कोरोना भाइरसको ओखती बन्याछैन। त्यसैले संक्रमणमा नपर्नका लागि स्वअनुशासन नै बुद्धिमत्ता हो। यदि भाइरससँग भेट भइहाले पनि ज्यानै जाने होइन मनोबल उच्च बनाउन जरुरी छ। सरकार, जनप्रतिनिधीहरु, संघ संस्था, सञ्चार माध्यमहरुले भाइरसलाई परास्त गर्ने शक्ति नागरिकमा आर्जन गर्न गराउन जरुरी छ।

त्रास, अफवाह नफैलाऔं, लकडाउनले नागरिकको मनोविज्ञानको हुर्मत त लिएको छैन? एकपटक सोच्न जरुरी छ। लकडाउनको अगाडि जानकारीका साथै कोरोनाका बारेमा सचेतना अभियान कति सञ्चालन गरियो ? सडकमा लठ्ठी लिएर भन्दा पनि टोल टोलमा माइक लिएर सु-सूचित गरे गराए कसो हुन्थ्यो ? सबै मिलेर कोरोना भाइरससँग लडौं नारा लगाउने, सबैलाई होम क्वारेण्टाइनमा बस भनेर मात्र होइन आजैबाट पोखरालाई सेनिटाइजरसहितको साबुनपानीले दैनिक पखालौं। हुन्न स्मार्ट मेयर साप ? जस्ले भाइरसहरुको निर्मुलीकरण हुन्छ, पोखरा सफा बन्नुका साथै कोरोनाको दोश्रो संस्करण नै आए पनि पोखरेलीहरुमा झापड लगाउने मनोविज्ञान बन्नेछ।

त्यसैले हामी जस्ता सचेत र अभियानमा जुट्नेहरुलाई घर थुनेर नराख्नुस सेनिटाइज्ड पोखराका लागि अभियानमा सरिक गराउने कि ? मन नलागे हामीलाई नबोलाउनुस तर अभियान चलाउनुपर्दछ, वडावडा, टोलटोल जाग्नुपर्दछ । सुतेर हुदैन। हामी सुरक्षित पोखरामा बस्न पाउनुपर्दछ। होइन भने सम्बन्धित निकायले हामीलाई अनुमति दिनुपर्यो, हामी अभियान संचालन गर्छौं। कोरोनारहित सुरक्षित पोखरा निर्माणमा जुट्छौं।

कोरोना रहित पोखरा। सुरक्षित पोखरा। जय पोखरा।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: