
पोखराको लेकसाइड र बगरमा छरियो ‘डिसइन्फेक्सन स्प्रे’
कोरोना भाइरसको संक्रमण फैलान नदिन पोखरा महानगरकाले नगरका विभिन्न ठाउँमा किटनासक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्केको छ ।

बिहीबार महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरेको महानगरले शुक्रबार जिरोकिमीदेखि हल्लनचोक, लेकसाइडहुँदै सहिदचोक सम्मको सडकमा किटनासक औषधी छर्केको हो । लेकसाइड क्षेत्रमा किटनासक औषधी छर्न दमकल प्रयोग गरिएको थियो ।
त्यसैगरी हरिचोक, सिम्पानी, ट्याक्सीचोक, क्याम्पसगेट, शिक्षा कार्यालयचोक लगायतका ठाउँमा किटनासक औषधी छरिएको स्वास्थ्य महाशाखाका सिनियर अहेब अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।
विशेष गरी भीडभाड हुने गरेका स्थान, ओसिलो र घाम नलाग्ने ठाउँमा किटनासक औषधी छरिएको महानगरपालिकाले जनाएको छ । बिहीबार पोखराको चिप्लेढुंगा क्षेत्रमा पनि औषधी छरिएको थियो ।
महानगरका प्रमुख मानबहादुर जिसीले महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, चौताराहरु लगायत सडकका असिलो र घाम नलाग्ने ठाउँहरुमा किटनासक औषधी छरिने बताए । मेयर जिसीले सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन नगरबासीलाई अनुरोध समेत गरेका छन् ।

कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन महानगरले थालेको कोरोना रोकथाम अभियान अन्तर्गत बिहीबार किटनासक औषधी छर्कने कामको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगरका प्रमुख मानबहादुर जिसीले गरेका थिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38