ताजा खबर

पोखरा महानगरद्धारा कास्कीको ४ गाउँपालिकालाई पिपिई प्रदान

   २ बैशाख २०७७, मंगलवार १८:११      1,084 views

पोखरा महानगरपालिकाले कास्कीका ४ वटै गाउँपालिकालाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री पिपिई प्रदान गरेको छ ।

पोखरा महानगरपालिकाले रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकालाई १०/१० थान पिपिई मंगलबार प्रदान गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरलाई, उपप्रमुख मञ्जुदेवी गुरुङले माछापुच्छे« गाउँपालिका वडा नम्बर २ का अध्यक्ष विक्रम गुरुङलाई र प्रमुख प्रशासकीय अधिकृत धु्रवकुमार पोखरेलले रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेल र मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटालाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।


कार्यक्रममा प्रमुख जिसीले कास्कीका स्थानीय तहको नेतृत्वदायी भूमिका निर्वाह गर्न पोखरा महानगरले दःुखमासँगै छौं भन्ने सन्देश दिन सामग्री हस्तान्तरण गरेको बताए ।

उनले केही महानगर आफैले र केही दाताहरुबाट पिपिई व्यवस्थापन गरी गाउँपालिकासहित ८ संस्थालाई वितरण गरेको जानकारी दिए ।


व्यक्तिगत सुरक्षा सामग्री नहुँदा स्वास्थ्यकर्मीलाई काम गर्न समस्या भएकाले महानगरले पिपिई व्यवस्थापन गरेको र यसले स्वास्थ्यकर्मीको मनबोल बढाउने विश्वास महानगरले लिएको जिसीको भनाइ छ ।

जिसीले करिब १६ लाखको पिपिई खरिद गरी विभिन्न संघ संस्थालाई उपलब्ध गराइएको जानकारी दिए ।


पिपिई बुझ्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले महानगरले गरेको सहयोग सह्रानीय रहेको बताउँदै पिपिई नहँुदा गााउँपालिकाका कार्यरत स्वास्थ्यकर्मीलाई काम गर्न समस्या परेकोमा अब भने सहज हुने बताए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: