
नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिम बख्श मिया कोरोनाबाट संक्रमित
नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बख्श मिया कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् ।

मिया आफैले सोमबार फेसबुक मार्फत आफूलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरेका हुन् । संक्रमण देखिएपछि विगत केहि दिनदेखी कतारको एक अस्पतालमा उपचार गराइरहेको उनले जानकारी गराएका छन् ।
मियाका अनुसार अहिले उनको स्वास्थ्यमा सुधार हुँदै गएको छ । उनले संक्रमण भएपछि प्रवासी जीवन पीडादायी हुने पनि बताएका छन् । ‘मेरो स्वास्थ्यमा क्रमिक सुधार हुँदैछ । तथापि प्रवासको भुमिमा सबैकुरा सामान्य नहुँदो रहेछ,’ उनले आफ्नो फेसबुकमा लेखेका छन् ।
तनहुँ घर भइ विगत लामो समयदेखि दोहामा कार्यरत रहेका मिया सामाजिक अभियान्त समेत हुन् । ‘सामान्यतया ज्वरो, खोकी तथा स्वास प्रश्वासमा देखिएको समस्यालाई निधान गर्ने हेतू उपचार चलिरहेको र सबै प्रकाारका समस्याहरु क्रमिक घट्दै गइरहेको छ, उनले लेखेका छन् ‘अहिले ज्वरो आउने क्रम रोकिएको तथा खोकी घट्दो अवस्थामा रहेको छ ।
कतारमा हालसम्म कोरोना भाइरसबाट ६ हजार १५ जना संक्रमित भएका छन् । तीमध्ये ९ जनाको ज्यान गएको छ, भने ५ सय ५५ जना उपचारपछि निको भएका छन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38