ताजा खबर

नेपाल पत्रकार महासंघ गण्डकीद्वारा पत्रकारलाई सुरक्षा सामग्री प्रदान

   १२ बैशाख २०७७, शुक्रबार १६:००      1,062 views

कोभिड–१९ जोखिमका बेला कार्यक्षेत्रमा सक्रिय रहनुभएका धवलागिरि क्षेत्रका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले शुक्रबार बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका पत्रकारका लागि मास्क, सेनिटाइजर र ग्लोब्स प्रदान गरेको हो ।

समितिका उपाध्यक्ष शान्ति गुरुङ, महासचिव गणेश पौडेल, सदस्य खेम सारु, सङ्गम घर्तीमगर र सन्तोष गौतमको उपस्थितिमा महासंघका चारै जिल्ला शाखाका पदाधिकारीलाई सामग्री हस्तान्तरण गरिएको थियो ।

बागलुङमा ४०, पर्वतमा ३५, म्याग्दीमा २४ र मुस्ताङमा १० ‘सेट’ सुरक्षा सामग्री उपलब्ध गराइएको समितिका महासचिव गणेश पौडेलले जानकारी दिए । उनका अनुसार गुणस्तरीय एन–९५ सहित सर्जिकल मास्क पनि प्रदान गरिएको छ ।

कोभिड–१९ को समाचार सङ्कल र सम्प्रेषणमा जोखिम मोलेर काम गरिरहेका प्रदेशका ११ वटै जिल्लाका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको समितिका उपाध्यक्ष शान्ति गुरुङले बताइन् ।

उनले विशेष सुरक्षा सावधानी अपनाउँदै सङ्कटका बेला जिम्मेवार भूमिका निर्वाह गर्न पत्रकारलाई आग्रह गरे । सामग्री बुझेपछि बोल्दै महासङ्घ जिल्ला शाखा बागलुङका अध्यक्ष दिल शिरीषले सुरक्षा सामग्रीको उपलब्धताले पत्रकारको मनोबल बढ्ने धारणा राखिन् ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: