ताजा खबर

महिला मानव अधिकार रक्षक सञ्जालद्धारा पोखरा महानगरको राहत कोषमा १५ हजार सहयोग

   १८ बैशाख २०७७, बिहीबार २०:३५      1,145 views

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ ।


कोषमा आज महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीले महानगरको राहत कोषमा १५ हजार १ सय रुपैयाँ सहयोग गरेको छ ।

सञ्जालका अध्यक्ष तारामाया थापा मगरको नेतृत्वमा गएकोे टोलीले महानगर प्रमुख जिसीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा सञ्जालका उपाध्यक्ष इन्दिरा शर्मा, सचिव केशु भुजेल, कोषाध्यक्ष विनाकुमारी पुन मगर लगायतको सहभागिता रहेको थियो ।

सहयोग रकम प्रदान गर्दै महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष तारामाया थापा मगरले लकडाउनको समयमा विशेष गरि सुत्केरी, गर्भवती तथा मजदुर महिला एवम् निरन्तर स्वास्थ्य परिक्षण गराई रहनुपर्ने र औषधी सेवन गरि रहनुपर्ने व्यक्तिहरुलाई गाह्रो नहोस र थोरै भएपनि उनीहरुको पोषण युक्त खानामा सहयोग पुगोस् भन्ने हेतुले आफूहरुले नेपाल सरकारको कदम र खास गरि पोखरा महानगरपालिकाको काममा थोरै भए पनि साथ दिएको बताउनु भयो ।

रकम बुझ्दै पोखरा महानगर प्रमुख मानबहादुर जिसीले विपद्का बेला सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गदै कोरोना भाइरससँगको लडाईंमा सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनु भयो ।

पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडलका अनुसार हालसम्म राहत कोषमा जम्मा भएको रकम मध्ये ३ करोड १५ लाखको राहत वितरण गरिएको छ ।

सहयाग गर्न चहानेले पोखरा महानगरपालिकाको प्रकोप व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२००३०७०२०००२ मा रकम जम्मा गर्न सकिने छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: