
याङ्जाकोट गाउँका क्ह्लेप्री चिवा मुक्तसिंह गुरुङको दुःखद निधन, भोलि अन्त्येष्टि गरिने
कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङ्जाकोट (छापा) स्थायी घर भई हाल पोखरा १२ फूलबारी निवासी क्ह्लेप्री गुरु मुक्तसिंह गुरुङको आज ७८ वर्षको उमेरमा दुःखद निधन भएको छ ।

विगत लामो सयमदेखि क्यान्सर रोगबाट पिडित रहनु भएका उहाँको ललितपुर हरिसिद्ध क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो ।
गुरुङ जातिको महत्वपूर्ण परोहित पद क्ह्लेप्री गुरु भई आफनो जीवनको अन्तिम समयसम्म पनि उहाँले क्ह्लेप्री गुरुको काम गर्दै आउनु भएको थियो ।
मादी गाउँपालिकाको याङ्जाकोट, घ्याम्राङ, वारचोक, भाचोक, थाम, ल्हाम्जा लगायतको स्थानमा उहाँले आफनो क्ह्लेप्री कर्म काण्डद्धारा गुरुङ समुदायलाई योगदान दिदै आउनु भएको थियो ।
बेलायती सेनाका अवकाश प्राप्त भूतपूर्व गोर्खा सैनिक समेत रहनुभएका उहाँ लामो समय हङकङ र युकेमा पनि बसोबास गर्नुभएको थियो । उहाँ याङ्जाकोट परिवार हङकङका संस्थापक सदस्य तथा सल्लाहकार समेत हुनुहुन्थ्यो ।
उहाँको निधनप्रति याङजाकोट परिवार हङकङका अध्यक्ष दलबहादुर गुरुङ (दानु) र उपाध्यक्ष क्षेत्रबहादुर गुरुङले शोक विज्ञप्ती प्रकाशित गरि दुःख व्यक्त गरेको छ ।
यस्तै याङ्जाकोट तमू समाज पोखराका अध्यक्ष सु.चन्द्रबहादुर गुरुङ र सचिव क्या.घनबहादुर गुरुङद्धारा पनि शोक विज्ञप्ती मार्फत दुःख व्यक्त गरेको छ भने क्होंला परिवार याङ्जाकोटका अध्यक्ष जेमप्रसाद गुरुङ र उपाध्यक्ष क्या.श्यामबहादुर गुरुङद्धारा पनि विज्ञप्ती मार्फत दुःख व्यक्त गरेको छ ।
आज आफ्नै निवास पोखरा ११ फूलबारीमा निधन भएका उहाँको भोलि पोखरा शक्तिघाटमा अन्त्येष्टि गरिने याङ्जाकोट तमू समाजका सचिव क्या.घनबहादुर गुरुङले जानकारी दिनुभयो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38