ताजा खबर

तमू प्ये ल्हु संघद्वारा गण्डकी प्रदेश सरकारको राहत कोषमा १ लाख ३५ हजार सहयोग

   २३ बैशाख २०७७, मंगलवार १७:११      786 views

तमू प्ये ल्हु संघ केन्द्रिय समितिले गण्डकी प्रदेश सरकारद्वारा सञ्चालन गरिएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा एक लाख ३५ हजार सहयोग गरेको छ ।

तमू प्ये ल्हु संघका केन्द्रिय समितिका अध्यक्ष हितकाजी टु तमूको नेतृत्वमा गएको टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

टोलीमा संघका महासचिव हर्कबहादुर योज तमू, कोषाध्यक्ष ओमबहादुर थिम्जें तमू लगायत सहभागि हुनुभएको थियो ।

यसैबीच आजै तमू प्ये ल्हु संघले पोखरा महानगरपालिकाको राहत कोषमा पनि ७५ हजार आर्थिक सहयोग गरेको छ ।

संघका अध्यक्ष हितकाजी टु तमूको टोलीले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: