ताजा खबर

तमू धीं नेपालद्धारा पोखरा महानगरको विपद व्यवस्थापन कोषमा १ लाख सहयोग

   २७ बैशाख २०७७, शनिबार १८:१२      904 views

हुम तमू


तमू धीं नेपालले पोखरा महानगपालिकालाई १ लाख १ हजार सहयोग गरेको छ ।

माहामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसले मुलुक डेढ महिनादेखि लकडाउन भइरहेको अवस्थामा तमू धीं नेपालले पोखरा महानगरपालिकाको विषद व्यवस्थापन कोषमा शनिवार सहयोग हस्तान्तरण गरेको हो ।

पोखरा महानगरपालिकाको बैठक सञ्चालन भईरहेको अवस्थामा पोखरा सभागृहमा तमू धीं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङको नेतृत्वको तमू धीं नेपालको टोलीले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङलाई पोखरा महानगरपालिकालाई कोरोना भाइरसरहित क्षेत्र बनाउन सहयोग स्वरुप चेक हस्तान्तरण गरिएको हो

चेक ग्रहण गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कोरोनाले विश्व नै माहामारीमा परेको बेला तमू धीं नेपालले समस्यामा साथ सहयोगका लागि पोखरा महानगर कार्यपालिकाका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

भेटमा महानगरका उपमेयर मञ्जुदेवी गुरुङले महानगरले हालको समस्यामा परेका महानगरबासीका समस्या समाधान गर्न जुटिरहेको र केही समस्या भए महानगरको हटलाईन ११८१ र ११८६ मा सम्पर्क गर्न अनुरोध गर्नुभयो ।

तमू धीं नेपालमा कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले कोरोनाको कहरमा स्थानिय सरकार पोखरा महानगरपालिकालाई संस्थागत सामाजिक उत्तरदायित्व महसुस गर्दै थोरै भए पनि सहयोग गरेको बताउनुभयो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: