ताजा खबर

हङकङ निवासी दुर्गा गुरुङ (मिलन) दम्पतीद्वारा बाजुङ हेल्थ पोष्टलाई स्वास्थ सामग्री सहयोग

   २८ बैशाख २०७७, आईतवार २१:०७      1,382 views

हङकङ निवासी दुर्गा गुरुङ (मिलन) र श्रीमती गंगाकुमारी गुरुङद्धारा पर्वतको बाजुङ हेल्थ पोष्टलाई पि पि ई ,माक्स र सर्जिकल पन्जा सहयोग गर्नुभएको छ ।

सोही दम्पत्तीद्धारा नै मोदी गाउँपालिका बाजुङ वडा नं ५ लाई मास्क र नयाँ भित्तेपात्रो समेत प्रदान गरिएको छ ।


पर्वतको बाजुङ्ग, फलानेमा जन्मेर हङकङलाई कर्मथलो बनाउँदै आउनु भएका दुर्गा गुरुङ विश्व मिलन समाचारका अध्यक्ष, मिलन फाउन्डेसन नेपालका संरक्षक, पर्वत मञ्च हङकङका अध्यक्ष समेत हुनुहुन्छ ।

आइतबार एक कार्यक्रमका बीच मिलन फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष देवी गुरुङ र सचिव मदन गुरुङ तथा सदस्य भुपेन्द्र कुवरले पाँच थान पी.पी.ई., १ हजार पिस सर्जिकल पन्जा, १ हजार पिस सर्जिकल मास्क र १ हजार २ सय थान नयाँ भित्ते पात्रो बाजुङ हेल्थ पोष्ट सानो पाखाका इन्चार्ज गोकुल अधिकारी र मोदी ५ बाजुङका वडा अध्यक्ष दलबहादुर मल्ललाई संयुक्त रुपमा हस्तातरण गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि दलबहादुर मल्लले कोरोना कहरको बेला मिलन फाउन्डेसन नेपालका संरक्षक दुर्गा गुरुङ मिलन दम्पतीले विदेशमा रहेर पनि आफ्नो देश अनि जन्मथलोलाई माया गरि कोरोना विरुद्ध जुध्न र यसको रोकथाम तथा नियन्त्रणका लागि यति धेरै स्वास्थ सामाग्री सहयोग गर्नुभएकोमा आफ्नो र वडाको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: