
तमु धिं नेपालको ३६ औं स्थापना दिवस जेठ ५ गते
हुम तमु,
तमु धिं नेपाल ३५ वर्ष पुरा गरी ३६ औं वर्ष प्रवेश गर्दैछ। संघ संस्था खोल्न नपाउने तत्कालित निरंकुश पञ्चायती व्यवस्थाको अवस्थामा २०४२ साल जेठ ५ गते पोखरा ९ स्थित शान्ति बनबाटिकामा लुकिछिपी सम्पन्न तमुहरुको भेलाले तमु धिं परिवार स्थापना गरिएको थियो।

उक्त तमु धिं परिवार रुपान्तरित हुदै तमु धिं कास्की र अहिले तमु धिं नेपालको रुपमा क्रियाशील छ।
पोखरामा झरेका तमुहरुको दुःख सुखमा साथ दिन, तमुहरुको एकता, तमु जातिको मौलिकता संरक्षण र विकास, सभ्य समतामुलक समाज निर्माण गर्न, तमु समुदायको तर्फबाट मुलुकलाई योगदान पुर्याउने उद्धेश्यले तमु धिं स्थापित गरिएको हो।
तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा तमु धिंको स्थापना गरिएको थियो र हालसम्म उहाँको नेतृत्वले तमु समुदायलाई अग्रगति प्रदान गरिराख्नुभएको छ। राम्रो उद्धेश्यका साथ स्थापित भएता पनि पञ्चायती शासकहरुले तमु धिं स्थापना गर्ने तमु अग्रजहरुलाई प्रसासनिक धरपकड, पक्राउ गर्ने, दुख दिने काम गरेका थिए।
थुप्रै कठिनाईहरुसँग जुझदै तमु धिं नेपालले तमु समुदायको, पोखरा र राष्ट्रकै विकासका लागि विविध ढंगले योगदान पुर्याईरहेको छ।
समुदायलाई संगठित, आदिवासी जनजातिलाई अधिकार सम्पन्न, तमुहरुको विकास र पहुँच अभिवृद्धि गर्न, मुलुकमा दैविप्रकोप संकटको बेलामा तमु धिंले योगदान पुर्याएको छ। बाढी पहिरो, महाभुकम्प, उपचार गर्न समस्यामा परेका विरामीहरुलाई धेरै मल्हम पट्टी लगाएको छ। अदालतबाट दर्जनौ मुद्धा फिर्ता गराएर सामाजिक मेलमिलाप गराएको छ।
समुदायमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको भुमिका तमु धिं नेपालले खेलिरहेको छ। अहिलेको कोरोनाको कहरमा प्रदेश सरकार र महानगरलाई सघाएर संस्थागत सामाजिक उत्तरदायित्व प्रस्तुत गरेकोको छ भने क्षेत्रीय समाजहरुले आ–आफ्नो समाज र क्षेत्रमा अभिभावकत्व प्रदान गरिरहेको छ।
अहिले कोरोना भाइरसको महामारीले मुलुक लकडाउनमा छ। जनमानसमा सन्त्रास छ। जनचेतना जगाउदै आहतमा परेकाहरुलाई राहतको समेत व्यवस्थाप गर्दै तमु धिं अघि बढिरहेको छ। यहि जेठ ५ गते ३६ वर्षमा प्रवेश गर्ने तमु धिं नेपालले सामाजिक दुरी कायम राख्दै स्थापना दिवस मनाउने भएको छ।
विषम परिस्थितीमा संस्थाका अतिथि दिलबहादुर गुरुङको प्रमुख आतिथ्यतामा छोटो समयमा सम्पन्न गर्ने गरी स्थापना दिवस कार्यक्रम गर्ने तयारीमा तमु धिं नेपाल जुटेको छ।
तमु धिं नेपालको स्थापनाको सुखद अवसर र कोरोना भाइरसबाट निम्तिएको कहरबाट मुक्तिका लागि शान्तिदिप प्रज्वलन सहितका कार्यक्रम हुने तमु धिंले जनाएको छ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38