ताजा खबर

तमु समाज युकेद्धारा पोखरामा विपन्न परिवारलाई राहत वितरण

   १४ जेष्ठ २०७७, बुधबार १७:५४      906 views

तमु समाज युकेको सहयोगमा तमु समाज युके आमा समूहका संस्थापक अध्यक्ष माया गुरुङ तथा साउथ इष्ट रिजनल तमु धीं युकेका उपाध्यक्ष पार्वती गुरुङले पोखरामा राहत वितरण गर्नुभएको छ ।

आमा समुहकी संस्थापक अध्यक्ष माया गुरुङ र साउथ इष्ट रिजनल तमु धीं युकेका उपाध्यक्ष पार्वती गुरुङको नेतृत्वमा पोखरामा ९० हजार ३ सय ३० रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो ।

सो राहत वितरणका लागि युकेबाट तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गरुङले विपत व्यवस्थापन समितीबाट संस्थागत रुपमा ५० हजार ३ सय ३० रुपैयाँ र व्यक्तिगत रुपमा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, जयन्ती गुरुङ, विनु गुरुङ, ओम गुरुङ, प्रज्वल गुरुङ, ममता गुरुङ र निवर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङबाट ४० हजार रुपैयाँ सहयोग प्राप्त भएको संस्थापक अध्यक्ष माया गुरुङले जानकारी दिनुभयो ।

सो रकमबाट पोखराको प्रदर्शनी केन्द्र कक्षमा राहत वितरण गरिएको हो । अतिविपन्न ज्याला मजदुरी गर्ने ७८ घर धुरीलाई राहत बाँडिएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: