
१६औं माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान्स टेनिस मंगलबारदेखि
कास्की जिल्ला टेनिस संघको आयोजनामा मंगलबारदेखि पोखरा रंगशालामा १६ औं माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । संघद्धारा मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेनलमा प्रतियोतिगामा भाग लिन पोखरा बाहिरबाट खेलाडीहरु पोखरा आइसकेको जानकारी दिइयोे । ३५, ४५, ५५ र ६५ वर्ष माथि सिंगल तथा डबल्समा हुने प्रतियोगितामा झण्डै ८० जना खेलाडीले सहभागिता जनाउने संघ कास्कीका अध्यक्ष दोर्जे लामाले जानकारी दिए ।

३५ वर्ष माथिको सिंगलमा २७ जनाले, डबल्समा ८ टिमले, ४५ वर्ष माथिको सिंगलमा ३६ जनाले, डबल्समा १२ टिमले तथा ५५ वर्ष माथिको सिंगलमा १५ जनाले र डबल्समा ७ टिमले भाग लिने पत्रकार सम्मेलनमा जानकारी दिइयोे । त्यसैगरि ६५ वर्ष माथिको सिंगलमा ४ जना र डबल्समा २ टिमविच प्रतिस्पर्धा हुने बताइएको छ । ३५ वर्ष माथिको एकलतर्फ विजेताले नगद ५० हजार तथा उप–विजेताले नगद २५ हजार, डबल्सतर्फका विजेतले १५ हजार र उप–विजेताले ८ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, ४५ वर्ष माथिको एकलतर्फको विजेताले नगद २० हजार र उप–विजेताले १५ हजार तथा उप–विजेताले ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
पुषको १४ गते सम्म चल्ने प्रतियोगितामा ५५ वर्ष माथि एकलतर्फको विजेताले नगद २० हजार र उप–विजेताले नगद १० हजार प्राप्त गर्नेछन् भने डबल्सतर्फको विजेताले नगद १५ हजार र उप–विजेताले नगद ८ हजार सहित ट्रफि पुरस्कार गर्नेछन् । ६५ वर्ष माथिका विजेता तथा उप–विजेताले ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । कोषाध्यक्ष राजु गुरुङले प्रतियोगिता सम्पन्न गर्न झण्डै ५ लाख ५० हजार खर्च लाग्ने बताए । प्रतियोगिताबाट केहि रकम बचत गर्ने आशा राखिएको उनले जनाए । माछापुच्छ्रे बैंकसंगको तीन वर्षे सम्झौता अनुसार दोश्रो पटक यो प्रतियोगिता हुन लागेको हो । संघ कास्कीका उपाध्यक्ष लोक गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38