
लकडाउनबाट प्रभावित पोखराका १ सय १० परिवारलाई युकेका माइला–कान्छाद्धारा राहत वितरण
हुम तमू
पोखरेली दुई चेली पार्वती गुरुङ र माया गुरुङ अर्थात माइला–कान्छा । युके कर्मथलो लकडाउनले कर्मथलो फर्कन पाउनु भएन ।

विपन्न, असहाय, अपांगता भएका पोखरेलीको समस्या आफ्नै जस्तो ठान्दै पोखरा महानगरपालिकाबाट राहत वितरणको स्विकृति लिएरै लकडाउनबाट अति प्रभावितहरुको चुल्हो बाल्ने देवीको रुपमा परिणत हुनुभएको छ ।
महानगरबाट राहत वितरणको पत्र प्राप्त गरे पनि केही वडाहरुमा जनप्रतिनिधीहरुबाटै सहयोगी भुमिका भएन मात्रै होइन आफ्नो वडामा राहत वितरण गर्न नदिने अमानवीय व्यवहार प्रस्तुत गरे ।

कुर्चीमा बसेका नेता, जनप्रतिनीधीहरुले बरु राहतमा पनि पार्टीका मान्छे, मेरो र तेरो भनेको गुनासो आयो तर माइला–कान्छाले जाति, धर्म, राजनीति केही नभनी राहत वितरणलाई मानवीयता सम्झनुभयो ।
राहतको अति आवाश्यक हुने पोखरेलीहरुको पहिचान गरी वितरणले सहयोगी हातहरुको साथले कोरोना संक्रमण नेपालमा दैनिक बृद्धि हुदै गर्दा पनि माइला–कान्छा लकडाउन राहत वितरणले आज पनि दिनभर भ्याई नभ्याई भयो ।

आज विहानै साइथ इष्ट रिजनल तमु धिं युकेको सहयोगको कोशेली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरालाई १ लाख रुपैयाको सेनिटाइजर र मास्क हस्तास्तरण गरी शुभकार्यको थालनी गर्नुभएकी माइला–कान्छाले दुइ अपांगलाई घरैमा पुगी राहत सहयोग गर्नुभयो ।
दिनको दुइ बजे पोखरा महानगरपालिका वडा नं. १० रक्षामार्गस्थित आँधीखोला दोहोरी साँझको प्राङणमा अपांग, असहाय र दैनिक मजदुरी गर्ने जस्को चुल्हो निभ्न थालेको थियो उनीहरुका निम्ती एक एक बोरा चामल, दाल, नुनसहित माइला–कान्छा प्रस्तुत हुनुभयो।राहतका निम्ती सहभागी अपांगता(फरक क्षमता भएकाहरुलाई खाद्यान्न राहतसँगै नगद समेत उहाँहरुले सहयोग गर्नुहुदा सहभागीहरुले मनैदेखि धन्यवाद व्यक्त गरेका थिए।
उक्त कार्यक्रममा पोखरा महानगपालिका वडा नं. १० का वडा अध्यक्ष राजकुमार गुरुङले सरकारको निती नियमको सम्मान गर्दै विपन्न, असहाय, अपांग नागरिकहरुको आवश्यकताका लागि आफुहरुलाई दाताहरुसँग खुल्ला हृदयका साथ समन्वय गरिरहेको बताउनुभयो ।
कोभिड १९ ले अत्यन्तै प्रभावित युकेबाट जन्मभुमिमा हातमुख जोड्न धौ धौ परेका नागरिकलाई राहत सहयोग पुर्याउनुभएका सहयोगदाता र अभियन्ता माइला–कान्छालाई धेरै धेरै धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा सदस्य दीपक थापाले आफुले समस्यामा परेका वडाका जनतालाई सक्दो राहत प्रदान गरे पनि लकडाउन लम्बिदै जादा थप राहत आवाश्यकतालाई माइला–कान्छा लकडाउन राहत सहयोगले अपांग दीन दुखीको चुलो बलिरहने विश्वास व्यक्त गर्दै सहयोगी एवम अभियन्ताहरुलाईप्रति आभार व्यक्त गर्नुृभयो।
आज माइला–कान्छा लकडाउन राहत सहयोग अभियानले १ सय १० जना असहाय, अपांग, दैनिक ज्यालादारी गर्नेहरुलाई खाद्यान्न र नगद गरी १ लाख ४७ हजार ९ सय १० राहत वितरण गरेको माइला–कान्छाले जानकारी दिनुभयो। राहत स्वरुप उहाँहरुले एक एक बोरा चामल, दाल, नुन, तेल र अपांगहरुलाई थप नगद समेत सहयोग गर्नुभएको थियो ।
आजको खबर
Follow Us

तमु प्ये ल्हु संघ कतारको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः चन्द्र ल्हेगे तमु निर्वाचित
७ आश्विन २०८०, आईतवार १५:३०
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38