
गुरुङ (तमू) समाज मकाउद्धारा पोखरा वृद्धाश्रमलाई खाद्यन्न सहयोग
गुरुङ (तमू) समाज मकाउले आज पोखरा वृद्धाश्रमका वृद्धावृद्धहरुलाई खाद्यन्न सहयोग गरेको छ ।

समाजका अध्यक्ष रामेन्द्रकुमार गुरुङको नेतृत्वमा समाजका अरु सदस्यहरुको समेत उपस्थितीमा सो खाद्यन्न साम्रगी पोखरा वृद्धाश्रमका कार्यबाहक अध्यक्ष कुशुम केशव पराजुलीलाई हस्तान्तरण गर्नुभएको हो ।
समाजले वृद्धाश्रमका लागि २० बोरा चामल, २ बोरा दाल, २ बोरा चना, १० लिटर तेल, लुगा धुने सर्फ १० केजी, नुहाउने साबुन २५ वटा, हर्फिक र फिनेल ५÷५ वटा, कोलगेट १० वटा र नुन १० केजी गरि ५२ हजार बराबरको साम्रगी वितरण गरेको समाजका अध्यक्ष रामेन्द्रकुमार गुरुङले जानकारी दिनुभयो ।

साथै उहाँले आउने दिनमा पनि आफनो समाजको तर्फबाट वृद्धाश्रमलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
सहयोग सामग्री ग्रहण गर्दै वृद्धाश्रमका कार्यबाहक अध्यक्ष कुशुम केशव पराजुलीले सहयोगी दाताहरुप्रति आभार व्यक्त गर्नुभयो । पोखरा वृद्धाश्रम दाताहरुकै सहयोगबाट सञ्चालन भई रहेको समेत उहाँले बताउनुभयो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38