ताजा खबर

तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिद्वारा कास्की प्रहरीलाई सुरक्षा सामग्री वितरण

   २९ जेष्ठ २०७७, बिहीबार २०:१३      993 views


तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिद्धारा कास्की जिल्लामा कार्यरत सुरक्षकर्मीहरुका लागि मास्क, पञ्जा र सेनिटाइजर वितरण गरेको छ ।

लकडाउनका बेलामा अग्र मोर्चामा खटिएर काम गर्ने सुरक्षकर्मीहरुको मनोबल बढाउनका निम्ती सो सामग्री प्रदान गरिएको तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिका अध्यक्ष शुक्रराज तमूले जानकारी दिनुभयो ।


प्रदान गरिएको सुरक्षा सामग्रीहरुमा १ हजार थान मास्क, १ हजार थान पञ्जा र २५ लिटर सेनिटाइजर रहेको छ ।

आज बिहान् जिल्ला प्रहरी कास्कीको प्रङगणमा आयोजित एक कार्यक्रममा तमू प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमू र उपाध्यक्ष आइबहादुर ल्हेगे तमूको विशेष उपस्थितीमा सो सामग्री कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरिएको हो ।


उक्त सामग्री मध्येबाट कास्कीका अरु प्रहरी चौकीलाई आवश्यकता अनुसार वितरण गरिने समेत प्रहरी उपरीक्षक कार्कीेले बताउनुभयो ।


उक्त सामग्रीहरु नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टर, पोखराका निर्देशक डा. मनबहादुर गुरुङले अत्यन्तै सुपथ मुल्यमा तमू प्ये ल्हु संघ, केन्द्रिय युवा समितिलाई उपलब्ध गराउनु भएको थियो ।

5 1 vote
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: