ताजा खबर

आजदेखि भदौरे पञ्चासे तमू ल्होसार महोत्सव आयोजना हुँदै

   १० पुष २०७५, मंगलवार ०८:३७      2,203 views

कास्कीको अन्नपूर्ण गाउँपालिका¬–४ भदौरेमा आजदेखि २१औ भदौरे पञ्चासे तमू ल्होसार महोत्सव आयोजना हुँदैछ । भदौरे क्लव, भदौरे आमा समूह र अन्नपूर्ण गाउँपालिकाको संयुक्त आयोजनामा पुषको १० देखि १५ गतेसम्म संचालन हुने महोत्सवको तयारी पुरा भएको आयोजकले जानकारी दिएको हो ।

महोत्सवमा विभिन्न खेलकुद, साँस्कृतिक कार्यक्रमका साथै विशेष आकर्षणमा कोदोबाट बनेका परिकारहरु राखिने भदौरे क्लबका अध्यक्ष जिवन गुरुङले जानकारी दिए । युवाहरुलाई लागुपदार्थ दुव्र्यसनदेखि टाढा राखी खेलप्रति आकर्षण गराउन पनि महोत्सवमा युवाहरुका लागि विभिन्न खेलकुद प्रतियोगिता राखिएको अध्यक्ष गुरुङले बताए ।
महोत्सवमा पुरुष तथा महिला सेभेन ए साइड फुटबल, खुल्ला एकल नृत्य प्रतियोगिता, छेलो हान्ने, घुम्ने कुर्ची, रस्साकसि लगायतका प्रतियोगिताहरुका साथमा विभिन्न साँस्कृतिक कार्यक्रम रहने आयोजकले बताएको छ । साथै पुरुष सेभेन ए साइड फुटवल प्रतियोगिताका प्रथम हुने टीमले नगद ७० हजार तथा द्धितियले नगद ४० हजार सहित शिल्ड मेडल पुरस्कार प्राप्त गर्ने जानकारी पनि आयोजकले दिएको छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: