ताजा खबर

अल नेपाल होमियोप्याथिक गण्डकीद्धारा तमू प्ये ल्हु संघलाई रोग प्रतिरोधात्मक औषधी प्रदान

   ३१ जेष्ठ २०७७, शनिबार २१:२९      1,108 views

अल नेपाल होमियोप्याथिक एशोसियसन गण्डकी प्रदेशले आज तमू प्ये ल्हु संघमा निःशुल्क रुपमा Arsenic album -30 औषधी वितरण गरेको छ ।

मानिसको शरीरमा रोग प्रतिरोधात्मक शक्ति उच्च बनाउन मद्दत गर्ने सो औषधी एशोसियसनको गण्डकी प्रदेश समितिले पोखरामा निःशुल्क रुपमा बाँडेको हो ।


अहिले देशमा कोरोना भाइरसको महामारी फैलिएको बेला सो औषधीको सेवन गरेमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता उच्च हुनगई रोग लाग्नबाट बचन सकिने अल नेपाल होमियोप्याथिक एशोसियसन गण्डकी प्रदेशका अध्यक्ष डा.विष्णुप्रसाद चापगाइले बताउनुभयो ।


साथै उहाँले यो औषधी सिकिस्त बिरामी, २ वर्ष भन्दा मुनिका बालबालिका तथा गर्भवती महिला बाहेक अरुले ढुक्कासँग बिहान् उठने बित्तिकै खाली पेटमा सेवन गर्न सकिने बताउनुभयो ।
औषधीको कुनै साइड इफेक्ट नभएको भन्दै सबैले यो जोखिमको बेला यसलाई सेवन गरेर रोगसँग लड्ने क्षमता बढाउन समेत उहाँले आग्रह गर्नुभयो ।


अल नेपाल होमियोप्याथिक एशोसियसन नेपाल गण्डकी प्रदेशका उपाध्यक्ष तथा किरण होमियो फार्मेसी रामबजारका सञ्चालाक किरण गुरुङले उक्त औषधीको निःशुल्क व्यवस्थापन गर्नुभएको थियो ।


तमू प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमूले आफूहरुलाई सो औषधी जतिसक्दो चाँडो १ लाख थान उपलब्ध गराइ दिनुहुन एशोसियशनसँग आग्रह गर्नुभयो ।

उहाँले एशोसियशनबाट सो औषधी पर्यप्त मात्रमा आफूहरुलाई प्राप्त भएमा भोलिदेखि नै तमू प्ये ल्हु संघको इकाइहरु, भातृ सङगठनहरु, प्रदेश समिति तथा जिल्ला समितिहरुलाई समेत वितरण गर्ने भन्दै पर्यप्त औषधीको माग गर्नुभएको हो ।


आज पहिलो चरणमा कार्यक्रममा सहभागि १ सय जनालाई सो औषधी वितरण गरिएको संघका महासचिव हर्क योजा तमूले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: