
ग्लो संस्थाद्धारा सिद्ध माविलाई स्टेशनरी हस्तान्तरण
जुना थापा
पोखरामा रहेको ग्लो संस्थाले पोखरा १५ स्थित सिद्ध माविका विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण गरेको छ ।

शनिबार विद्यालय प्राङ्गणमा भएको कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर वडा नं. १५ का वडाध्यक्ष प्रकाश पौडेलले यस्तो बन्दाबन्दीको अवस्थामा पनि विद्यार्थीलाई सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।
विद्यालय खुल्न नसकिरहेको अवस्थामा विद्यालयमै आएर शैक्षिक सामग्री हस्तान्तरण गर्नुले विद्यार्थी तथा अभिभावकमा राहत पुगेको बताउनु भयो ।
ग्लो संस्था कास्कीका सल्लाहकार सुमन शर्माले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि शैक्षिक सामग्री यतिबेला आवश्यक रहेको महसुस भएकाले संस्थाले सहयोग गरेको बताउनु भयो ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीले अहिलेको विषम परिस्थितिमा ग्लो संस्थाले गरेको सहयोगले विद्यालय विद्यार्थी सामू पुग्नुले वैकल्पिक अध्ययन अध्यापन कार्यलाई टेवा पुगेको बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले विद्यालयका ४७ विद्यार्थीहरुलाई करिब ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक राजेन्द्र गिरीले गरेका थिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38