
छायाँकारहरुको पहलमा चलचित्र प्राविधिकलाई खाद्यान्न वितरण
लकडाउनका कारण काम अभाव भएपछि समस्यामा परेका चलचित्रका प्राविधिकहरुलाई पोखराका ३ छायाँकारहरुको नेतृत्वमा खाद्यान्न वितरण गरिएको छ ।

छायाँकार सन्तोष कोन्मे, प्रकाश गुरुङ ‘काश’ र प्रेम गुरुङको संयोजनमा ३० जना प्राविधिकहरुलाई खाद्यान्न वितरण गरिएको हो ।
राहत वितरणको क्रममा छायाँकारहरुले केही फिल्मकर्मीहरु मार्फत आर्थिक संकलन गरेका थिए ।
त्यो सँगै पोखरा फिल्म सोसाइटीले पनि राहत वितरणमा सहकार्य गरेको थियो । ‘लकडाउनले यतिबेला चलचित्र प्राविधिकहरु बेरोजगार छन् ।
दैनिक काम गरेर आफ्नो खाना जुटाउँदै आएका प्राविधिकहरु अहिलेको अवस्थामा निकै समस्यामा छन् । त्यसैले हामीले हाम्रो तर्फबाट उनीहरुलाई सहयोग गरेका हौँ ।’ छायाँकार मध्येका एक सन्तोष कोन्मेले भने ।
चलचित्र प्राविधिकहरु मध्ये पनि विशेष गरि लाइटम्यान र मेकअप आर्टिस्टलाई राहत उपलब्ध गराईएको थियो ।
फिल्म छायाँकन नहुँदासम्मका लागि प्राविधिकहरु समस्यामा रहने भएका कारणले आगामी दिनमा पनि उनीहरुलाई थप सहयोग उपलब्ध गराउनका लागि ३ जना छायाँकारहरुले पहल गर्ने बताएका छन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38