ताजा खबर

कोरोनाले सुकाएको गुरुङ चलचित्रको बजार उठाउन अब जिफानले तमू लघु चलचित्र निर्माण गर्ने

   १८ असार २०७७, बिहीबार २०:१४      1,314 views

गुरुङ फिल्म एसोसियशन नेपाल (जिफान)ले कोभिड–१९ बाट अरु क्षेत्र जस्तै गुरुङ चलचित्र क्षेत्र पनि प्रभावित भएको जनाएको छ ।


आज प्रेस विज्ञप्ती प्रकाशित गर्दै जिफानका अध्यक्ष भोजबहादुर गुरुङले अहिले गुरुङ चलचित्रको निर्माता र लगानी कर्ताहरुको करिब १ करोड ५० लाख लगानी फ्रिज भएको अवस्था बताउनुभयो ।
यो सँगै यस क्षेत्रका कलाकार, प्राविधिक, निर्देशक, निर्माता गरी करिब ३ सय जना गुरुङ चलचित्रकर्मीहरु बेरोजगार भएको समेत बताउनु भयो ।


कोभिड–१९ ले सिर्जना गरेको यो विषम परिस्थितीमा जिफानले गुरुङ चलचित्र क्षेत्रलाई चलायमान गर्न कोरोना भाईरस पछिको गुरुङ चलचित्रलाई वैकल्पिक रुपमा तमू लघु चलचित्रहरु निर्माण गर्ने र त्यसका लागि विभिन्न व्यक्ति विशेष तथा संघ संस्थाबाट आर्थिक सहयोग जुटाउँदै गुरुङ चलचित्र क्षेत्रलाई क्रियाशिल बनाई राख्न अभियानको शुरुवात गरेको जनाएको छ ।


साथै जिफानले गुरुङ समुदायको सभ्यता, सौन्दर्य शास्त्र, मुर्त अमुर्त संस्कृति, आफ्नै प्रथाजानिक कानुन, मुल्य, मान्यता र मनोविज्ञानलाई चित्रण गर्दै विभिन्न तमू (गुरुङ) संघ संस्थाहरुको मर्मलाई लघु चलचित्र मार्फत प्रस्तुत गर्ने, गुरुङ चलचित्रको श्रमजिवी चलचित्रकर्मीहरुलाई कोभिड–१९ को कारणले दैनिक जीविकोपार्जनमा समस्या परेकाहरुलाई लघु चलचित्र निर्माणको माध्यमबाट सक्रिय गराई सहजीकरण गर्ने तथा यसै क्षेत्रमा निरन्तर क्रियाशिल रहन प्रेरित गर्ने,


२५ वर्षभित्र बनेका गुरुङ चलचित्रहरुको पुनरावलोकन गर्दै अब बन्ने चलचित्रहरुको शैली तथा कथा लेखनमा रचनात्मक सुधार गरि मौलिकता खोज्ने तथा समुदायमा मात्र सिमित गुरुङ चलचित्रको दायरा फराकिलो पार्न स्वदेश तथा विदेशमा तमू चलचित्रहरुको महोत्सव गर्ने उद्देश्यले कार्य अभियान सुरु गर्न लागेका जिफानका महासचिव मनोज गुरुङले बताउनुभयो ।


वि.स. २०६५ स्थापना भएको जिफानमा आबद्ध भएर विभिन्न चलचित्र कम्पनीहरुले हालसम्म १ सय ४४ वटा चलचित्रहरु निर्माण गरिसकेका छन्

5 1 vote
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: