
लमजुङको मस्र्याङ्दी गाउँपालिका–३, मा पहिरोले १८ घर पुरियो, गाउँका सबै ७४ घरमा क्षति
आश गुरुङ
लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, तरापु पल्लोटारी गाउँमा पहिरो खस्दा १८ वटा घर पुरिएको छ ।

जम्मा ७४ घर रहेको उक्त गाउँका सबै घरमा पहिरोले क्षति पु¥याएको स्थानीयले बताएका छन् । केही दिनदेखिको अविरल वर्षाका कारण बुधबार बिहान पौने १० बजेतिर पहिरो खस्दा गाउँलेको घर पुरिएको स्थानीय राजकुमार मिजारले बताए ।
उनका अनुसार मंगलबार पहिरो गएपछि २१ घरपरिवार नजिकैको स्कुलमा बस्न गएका थिए ।
मंगलबार पहिरो गएको ठाउँबाट पुनः पहिरो गएकाले घरहरु पुरिएको तर, गाउँलेहरु भने मंगलबार नै स्कुलमा सरेकाले मानवीय क्षति नभएको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष प्रेमबहादुर बस्नेतले बताए ।

उनका अनुसार पहिरो खस्दै गर्दा भाग्ने क्रममा ४ जना घाइते भएका छन् । पहिरोले पुरिएका घरका सामान झिक्ने क्रममा माथिबाट पहिरो झर्न थालेपछि भाग्ने क्रममा स्थानीय घाइते भएका थिए ।
उद्धारकार्यमा खटिएका पल्लोगाउँ सेग्लेका गुमानसिंह भण्डारीका अनुसार पहिरोले घरहरु पुरिँदा घरभित्रका सामानहरु निकाल्न पाइएको छैन । स्थानीय साथै वरपरका बासिन्दा उद्धार कार्यमा संलग्न रहेको उनले बताए ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पहिरो गएको जानकारी पाउनेबित्तिकै घटनास्थल पुगेर घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको बताए ।
लमजुङका डीएसपी गंगाबहादुर थापाका अनुसार मंगलबार केही घरमा क्षति पु¥याएकोमा बुधबारको पहिरोले सिंगो गाउँमा क्षति पु¥याएको बताए । घटनास्थलमै रहेका उनले सबैजना उद्धार कार्यमा जुटिरहेकाले क्षतिको विवरण अझै आइनसकेको बताए ।
‘३, ४ जना घाइते छन् । हिजो स्थानान्तरण भएकाले मानवीय क्षति भने हुन पाएन,’ उनले भने ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38