
तारकाङमा मादी गाउँपालिका स्तरीय सुविधा सम्पन्न आइसोलेशनको उद्घाटन
कास्कीको मादी गाउँपालिले आज गाउँपालिकाको वडा नं. ४ तारकाङमा पालिका स्तरीय आइसोलेशन कक्ष सहितको क्वारेन्टिन स्थापना गरेको छ ।

१५ शैयाको सो आइसोलेशन तथा क्वारेन्टिन कक्षमा अक्सिजन सिलिन्डरदेखि सबै आधारभूत स्वास्थ्य सुविधा उपलब्ध हुनेछ भने २४ सैं घण्टा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत रहने पालिकाले जनाएको छ ।
सो आइसोलेशन कक्ष र क्वारेन्टिन सहित आजै गाउँपालिकाको वडा नं. ४ मै निर्माण भएको आधारभूत स्वास्थ्य सेवा केन्द्रको एक कार्यक्रमका बीच संघिय सांसद एवम् पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्नुुहुँदै उहाँले मादीमा विकास निर्माणको कार्य उच्च गतिमा अघि बढी रहदा कोरोना भाइरसको कारण केही योजना प्रभावित भएपनि छिटै अवरुद्ध भएको विकास निर्माणका परियोजनाहरु सुचारु हुने बताउनुभयो ।

अहिले कोरोनाको कुनै पनि औषधि बनिनसकेको अवस्थामा मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र साबुन पानीले हात धुने नै यसबाट बच्ने मुख्य उपाय भएको भन्दै सबै जना आ आफनो स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्नुभयो ।
कोरोनाले एकवर्षभरिकै शैक्षिक सत्र अलपत्र पारेको भन्दै अब १ सय जना भन्दा कम विद्यार्थी रहेको विद्यालयहरुमा स्वास्थ्यकर्मी सहितको उपस्थितीमा विद्यालय सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
अब दशैंभित्रै रुदीबाट भैसेसम्म जोड्ने मध्यपहाडी लोक मार्गको लागि टेन्डर आवहान हुने र गाउँगाउँ जोड्ने मोटरबाटो छिटै निर्माण हुने बताउनुभयो ।
यसवर्ष कोरोनाले गर्दा सबैजना आ आफनो गाउँ फर्किदा सबै बाँझो खेतमा समेत खेती भएको भन्दै कोरोनाले अब सबैलाई आफनै थालथलोमा र्फकाएको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले अहिले मादी गाउँपालिकाले कोरोनाको प्रकोप व्यवस्थापनको लागि १ करोड रुपैंयाको विपत व्यवस्थापन कोष स्थापना गरेर काम गरिरहेको बताउनुभयो ।
जस अन्तरगत वडा वडामा अस्थायी क्वारेन्टिन बनाएको, संक्रमितहरुलाई निशुल्क रुपमा गाडी र एम्बुलेन्स सेवा लगायतको अन्य सेवाहरु दिइरहेको बताउनुभयो ।
अहिले प्रदेश सरकारले बजारमा भएको आइसोलेशनले मात्रै महामारी धन्न गाह्रो भएकोले प्रत्येक पालिकामा एक एक वटा सुविधा सम्पन्न आइसोलेशन स्थापना गर्न निर्देशन दिएको भन्दै आफूहरुले सोही निर्देशन अनुसार आइसोलेशन तयार गरेको उहाँको भनाई छ ।

मादीका जनताले स्वास्थ्य सम्बन्धी उच्च सर्तकता अपनाए आफूले भोलिबाट नै मादीका सबै वडामा सार्वजानिक बस र जीपहरु सञ्चालनको अनुमति दिने भन्दै जनता आफै सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समयन्वय समितिका सदस्य वृहस्पति सापकोटा, गाउँपालिका उपाध्यक्ष विष्णुमाया आचार्य पौडेल, नेकपा मादी गाउँपालिका अध्यक्ष कृष्णराज दाहाल लगायतले बोल्नु भएको थियो ।

मादी गाउँपालिकाका कार्यकारी अधिकृत नारायण सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष सत्यराज सापकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38