
गोरखाको धार्चे –२ केरौजाका मनिरक्ष गुरुङको जडिबुटी खोज्ने क्रमममा भीरबाट लडेर मुत्यु
गोरखा ।
लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर गोरखामा एक युवकको मृत्यु भएको छ ।
धार्चे गाउँपालिका–२ केरौजाका अन्दाजी ३८ बर्षीय मनिरक्ष गुरुङको ज्यान गएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।

‘भदौ ५ गते भीरबाट लडेर मरेको रहेछ,’ उहाँले भन्नुभयो, ‘मलाई हिजोमात्र जानकारी आयो अनि प्रहरीलाई खबर गरेँ ।’ अहिले घटनास्थलतर्फ प्रहरी गएको एसपी सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष गुरुङका अनुसार जडिबुटी खोज्न केही दिनअघि उनी सहितको समूह लेक गएको थियो ।
‘यो समयमा सो क्षेत्रका स्थानीय जडिबुटी खोज्न लेक जान्छन्, त्यो ठाउँमा पुग्न गाउँबाट दुई दिन पैदल जानुपर्छ,’ उहाँले भन्नुभयो । टाढा भएकाले खबर आउन ढिला भएको उहाँको भनाई छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38