
कोरोना महामारीले पोखरा विमानस्थलको निर्माण कार्य तोकिएकै समयमा सक्न हम्मेहम्मे
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम सन २०२१ को जनवरी अर्थात् सम्झौता अवधिभन्दा ६ महिनाअघि नै सक्ने आयोजनाको दावी थियो ।

त्यसैअनुसार तीव्र गतिमा काम भइरहेको थियो । तर कोरोना भाइरसको महामारीका कारण पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकोभन्दा ६ महिनाअघि होइन, तोकिएकै समयमा पनि पूरा नहुने देखिएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले चिनियाँ कामदार तथा प्राविधिक र निर्माण सामग्री तथा उपकरणको अभाव भएको छ ।
विमानस्थलमा काम गर्ने झण्डै दुई सय कामदार चीनमै रोकिएका छन् । ३० जना प्राविधिक तथा कामदार नेपाल ल्याउनका लागि कूटनीतिक पहल भएको र भिसा प्रक्रियामा गएको विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो ।
‘चीनबाट कामदार र प्राविधिक आएका छैनन्, केरुङमा दुई ठूला उपकरण रोकिएका छन्, हामीले पूर्ण क्षमतामा काम गर्न पाएका छैनौं’ आयोजना प्रमुख मुनकर्मीले भन्नुभयो ।
सन् २०२१ को जुन महिनामा निर्माण कार्य सकिन्छ त ? मुनकर्मीले भन्नुभयो, ‘तोकिएको समयभन्दा ६ महिनाअघि सकिने सम्भावना सकियो, तोकिएको समय अवधिभित्र सक्न पनि मुश्किल हुने देखिएको छ ।’
झण्डै २३ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपछि काठमाण्डौ विमानस्थलको चाप कम हुने र पर्यटक बढ्ने अपेक्षा लिइएको छ । अहिलेसम्म विमानस्थलको ६४ प्रतिशत भौतिक प्रगती र ४७ प्रतिशत वित्तीय प्रगती रहेको छ ।
कयौं आयोजना ढिलासुस्ती भइरहेको बेला पोखरा विमानस्थलले भने तोकिएको समयभन्दा चाँडो काम सक्ने लक्ष्यका साथ काम गरेपछि धेरैतिर उत्साह थपिएको थियो ।
तर कोरोना भाइरसको महामारीका कारण सरकारले लगाएको लकडाउन र अन्य देशले लगाएका नयाँ प्रावधानका कारण यो आयोजना ६ महिनाअघि होइन, सम्झौता गरिएको अवधिमा पनि सम्पन्न नहुने अवस्थामा पुगेको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38