
मृगौलापीडित नरबहादुर लामालाई तमुस्यो रिं च्हमीको आर्थिक सहयोग
पोखरा–१४ सयनतारा बस्दै आएका काठमाडौं, दक्षिणकालीका मृगौलापीडित नरबहादुर लामालाई तमुस्यो रि च्हमी परिवारले आर्थिक सहयोग गरेको छ ।

दुवै मृगौला खराब भइ नियमित डाइलासिस गराइरहेका ४६ वर्षीय लामालाई तमुस्यो रि च्हमी परिवारको तर्फबाट १० हजार र व्यक्तिगत संकलन गरिएको ५ हजार एवं मोडल मुस्कान गुरुङले आफ्नो जन्मदिनको अवसरमा २ हजार ५ सय गरी १७ हजार ५ सय रुपैयाँ सहयोग गरिएको हो ।
मोडल गुरुङसहित परिवारकी अध्यक्ष गौरी गुरुङ, कोषाध्यक्ष पुनम गुरुङ, सदस्यहरू सुगन्ध गुरुङ र सुशीला गुरुङ, समाजसेवी मीनु गुरुङ एवं लोक तथा दोहोरी गायिका पूजा गुरुङले सो सहयोग रकम मृगौलापीडित लामालाई हस्तान्तरण गर्नुभएको हो ।
आर्थिक अभावमा उपचार नपाइ छटपटाहटमा रहनुभएका लामालाई थोरै भएपनि पीडामा साथ दिन प्रयास गरेको तमुस्यो रि च्हमी परिवारकी अध्यक्ष गौरी गुरुङले बताउनुभयो ।
लामाको उपचार र छोराछोरीको लालनपालनका लागि समेत आर्थिक जोहो गर्नुपर्ने आवश्यकता देखिएको भन्दै गुरुङले सक्नेले नसक्नेलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
लामाले वैदेशिक रोजगारीका शिलशिलामा मृगौला खराब भएपछि स्वदेश फर्किएर काम गर्न थाल्नुभएको थियो । लामो समयदेखि पोखराको एक विद्यालयमा स्कुल बस चालकको रुपमा समेत काम गर्नुभयो ।
तर, पछि दुवै मृगौला खराब भएपछि काम गर्नै नसक्ने अवस्था भएर त्यो पनि छोड्नुभएका मृगौलापीडित लामाका ३ जना छोराछोरी छन्
लामाकी २२ वर्षीया जेठी छोरी समेत शारीरिक रुपमा अशक्त छिन् । कान्छी छोरी १४ वर्ष र छोरा ७ वर्षका छन् । जेठी छोरीको समेत उपचार सम्भव नभएपछि घरमै बसेकी छिन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38